‘जनताको सत्ता स्थापित गराएरै छाड्छौ’

२०८० फाल्गुन १ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले जनताको सत्ता स्थापित गराएरै छाड्ने उद्घोष गरेका छन् । २९औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टीको काठमाडौँको बुद्धनगरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो उद्घोष गरेका हुन् ।
उक्त शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले नेपाली श्रमिक जनताको वीरतापूर्ण गाथा बनेको जनयुद्ध दिवसको अवसरमा सर्वप्रथम जनयुद्ध, एकीकृत जनक्रान्तिका अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली, वेपत्ता योद्धहरुप्रति उच्च सम्मान, घाइते योद्धा तथा जनयुद्धमा अमूल्य योगदान गर्ने सबै न्यायप्रेमी जनताको प्रसंशा गरे ।


प्रवक्ता प्रकाण्ड सीले १० बर्षे जनयुद्धले निरङ्कुश राजतन्त्रको अन्त्य गरे पनि जनताको सत्ता स्थापना हुन नसकेको भन्दै छिट्टै जनयुद्धको लक्ष्य पुरा गर्नुको बिकल्प नभएको बताए ।
प्रवक्ता प्रकाण्ड सी ले नेपाल कम्युनिष्ट पार्टीको आवको यात्रा भनेको दलाल पुँजीवादको अन्त्य मात्र नभएर साम्राज्यवादको नै अन्त्य गर्ने रहेको बताए। उनले राष्ट्र र जनतालाई वर्तमान संकट वाट मुक्त गर्न पार्टीले दलाल पुँजीवादको विरुद्ध सम्पूर्ण राजनीतिक दल र नेतासंग मोर्चाबन्धी गर्न नेकपा तयार भएको बताए ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सुशील सी को अध्यक्ष्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन सो पार्टीका पोलिट ब्युरो सदस्य चिरन सी ले गरेका थिए ।

प्रतिक्रियाहरु