‘वर्तमान व्यवस्थाको विकल्प खोजिएन भने देश नै नरहन सक्छ ‘

२०८० माघ २४ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा स्कुलिङ विभाग इन्चार्ज भरत सीले नेपालको वर्तमान व्यवस्थाको विकल्प खोजिएन भने देश नै नरहने स्थितिमा छ भन्दै यो सत्ताको विकल्प समाजवाद मात्र भएको ठोकुवा गरेका छन । मङ्गलबार ललितपुरको हरिसिद्धीस्थित पार्टी केन्द्रीय कार्यलमा आयोजित उपत्यका ब्युरो र पश्चिम ताम्सालिङ ब्युरोको ५ दिने संयुक्त स्कुलिङ कार्यक्रमको समापन कार्यक्रममा बोल्दै नेता भरत सीले सो कुरा हुन् ।
नेता भरत सीले नेपाली विशेषतासहितको समाजवाद त्यसको निम्ति नेकपा एक्लै नभई यो देशलाई माया गर्ने जनताको शासनसत्ता हेर्न चाहने देशभक्त, क्रान्तिकारी कम्युनिस्ट, लोकतन्त्रवादी शक्ति, युवा बुद्धिजीवि समाजवाद चाहने सम्पुर्ण शक्तिलाई एकीकृत गरेर दलाल पुजिवाद र साम्राज्यवादबाट निर्देशित शासन सत्तालाई परास्त गर्दै वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु आजको आवश्यकता भएको जिकिर गरे ।
नेता भरत सीले यी सबै वस्तुस्थितिको समीक्षा गर्दै नेकपाले संयुक्त समाजवादी मोर्चाकाे अवधारणा ल्याएको र यसमा नेतृत्व सफल भएको दाबी समेत गरे ।
नेता भरत सीले नेकपाका नेता कार्यकर्ता समय गुजार्ने भुमिकामा मात्र सिमित नभई भुमण्डलीकृत पुजिवादको हस्तक्षेपबाट जनताहरुलाई मुक्त गर्न देशव्यापी रुपमा कम्युनिस्ट स्कुल संचालन गरेको बताउदै भने,” मान्छे भनेको विचारसहितको बृहत भिजन बोकेर पुरानो सत्ताको विकल्पमा उभिने शक्ति हो । पुजीवादीहरुले १९९० पछि विचारको अन्त्य भएको अफबाह फैलाए विचार मरेको तर्क प्रस्तुत गरे तर विचार मर्नु भनेको मान्छे मर्नु हो विचारबिहीन मान्छे जिवित मान्छे होइन विचार अन्त्य भएको भन्नु मान्छेको अन्त भयो भन्नु हो ।”
उनले समाजवादीहरुको बढ्दो लोकप्रियताबाट अत्तालिएका पुजीवादीहरुले फैलाएको अफवाहको विरुद्ध धर्मवादी साम्राज्यवादी स्कुलिङको विरुद्ध नयाँ विचारसहित तीनको हमला विरुद्ध हाबी हुन संचालन गरिएको स्कुल भएको र स्कुलिङले भौतिक विज्ञानलाई समाज विज्ञानमा जोड्न महत्वपूर्ण योगदान गर्ने दाबी गरे ।
नेता भरत सीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमतर्फ इङ्गित गर्दै अरुण चौधरी दलाल पुजीवाद र नोकरशाही पुजीवादको एकीकृत पात्र भएको आरोप समेत लगाउदै भने-”चौधरीको पक्षमा अदालतले जुन आदेश दियो त्यसबाट यो देशको शासनसत्ता कसले चलाइरहेको छ प्रष्ट हुन्छ र यो सत्ताको आयु कतिसम्म टिक्छ भन्ने पनि आकलन गर्न सकिन्छ । निकम्मा पुजीवादी सत्ताका कारण देशको अर्थतन्त्र टाट पल्टिएको छ युवाहरु देशमा आफ्नो भविष्य नदेखेर पलायनको बाटो रोज्न उद्द्त छन्, त्यसकारण सत्तामा पुगेपछि कायापलट गर्छौ भनेर गएका पुराना नेतृत्व असफल भए यो सबै कारण दलाल पुजीवाद हो । यसको निकास दिन जरुरी छ अब यो देशको नेतृत्व अरु कसैले गर्न सक्दैन यसको एकमात्र विकल्प नेकपा हो । नयाँ शक्तिको रुपमा उदाएका र आफुलाई वैकल्पिक शक्ति दाबी गरिरहेकाहरु चटके हुन यिनीहरु साम्राज्यवादबाट परिचालित छन् त्यसैले यिनको पतन निश्चित छ ।’

सोहि कार्यक्रममा बोल्दै नेकपा उपत्यका व्युरो इन्चार्ज कृति सीले स्कुलिङले नेता कार्यकर्ताहरुमा नविनतम वैचारिक हतियारलाई धारिलो पारेको र यसको परिणाम जनतामा जाँदा देखिने भन्दै प्रशिक्षकहरुलाई धन्यवाद व्यक्त गरे । उनले नेकपाले नवौं महादिवेशनबाट दर्शनको क्षेत्रमा राजनीतिक अर्थशास्त्रको क्षेत्रमा जुन किसिमको वैज्ञानिक संश्लेषण गरेको छ त्यसको सारलाई समाज विज्ञानसँग जोडेर प्रशिक्षकहरुले दिएको वैचारिक खुराकले दलाल पुजिवाद र साम्राज्यवादको हमला विरुद्ध आफ्नो विचार हाबी गराउन कोशेढुङ्गा सावित हुने भन्दै प्रशिक्षक र प्रशिक्षार्थीहरुको अध्ययन र लगावबाट आफू उत्साहित भएको बताए ।
नेकपाका पोलिट ब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेकपाका केन्द्रीय सदस्य तथा रसुवा जिल्ला इन्चार्ज सागर सीले गरेका थिए भने उपत्यका व्युरोको आर्थिक विभाग प्रमुख भरत सीले कार्यक्रमको आयाब्याय प्रस्तुत गरेका थिए । कार्यक्रमको सुरुवातमा प्रशिक्षकहरुलाई संयुक्त ब्युरोको तर्फबाट उपहार स्वरुप नेकपाको झण्डा, नारा अङ्कित डायरी प्रधान गरिएको थियो ।
५ दिनसम्म चलेको स्कुलिङमा नेकपाका पोलिट ब्युरो सदस्य तथा स्कुलिङ विभागका सदस्य भेषराज सीले राजनीतिक अर्थसास्त्रको अध्यापन गराएका थिए भने पोलिट ब्युरो सदस्य असल सीले एकीकृत सामरिक रणनीतिको अध्यापन गराएका थिए ।
त्यस्तै केन्द्रीय सदस्य प्रयास सीले भौतिक विज्ञानमा विप्लव स्कुल अफ थटको विकास र यसलाई समाज विज्ञानमा यसले पारेको प्रभावबारे अध्यापन गराएका थिए ।
त्यस्तै स्थायी समिति सदस्य भरत सीले दर्शनशास्त्र र केन्द्रीय सदस्य तिर्थ सीले राज्य सत्ताको उत्पत्ति र वैज्ञानिक समाजवादबारे अध्यापन गराएका थिए ।

प्रतिक्रियाहरु