प्रगतिशिल तिज गीत ‘हेपिएका चेली’ सार्वजनिक (भिडियोसहित)

२०८० भाद्र १५ गते, शुक्रबार


काठमाडौँ । प्रगतिशिल तिज गीत ‘हेपिएका चेली‘ सार्वजनिक भएको छ। चिरन पुन अफिसियल युटुव च्यानलबाट फेरी अर्को प्रगतिशिल तिज गीत –२०८० ‘हेपिएका चेली‘ बिहिबार साार्वजनिक भएको हो । समाजमा अन्याय छ, शोषण, दमन, उत्पीडन कायम छ किनकी, वर्तमान राज्यसत्ता दलाल संसदवादी तथा प्रतिक्रियावादी प्रवृतिको छ । हाम्रो देशमा बारम्वार सरकारहरु फेरिएका छन्, सरकारमा बस्ने मान्छेहरुपनि फेरिएका छन्, सरकारमा बस्ने पार्टीहरु पनि फेरिईरहन्छन् तर जनताले शुख, शान्ति, सम्वृद्धी प्राप्त गर्न सकिरहेका छैनन । जनतामाथि राजनैतिक दमन छ, आर्थिक उत्पीडन छ, सामाजिक विभेद छ र साँस्कृतिक हस्तक्षेप छ यसले नेपाल र नेपाली जनता मारमा परेका छन् । यस्तो सन्दर्भमा चाडवाडहरु के हुन ? धर्म के हो ? संस्कति के हो ? कला के हो ? गीत सङ्गीत कस्तो हुनुु पर्दछ ? के गीत सङ्गीतहरु मनोरन्जनका साधन मात्र हुन ? के गीत सङ्गीतहरुमा अस्लिलता, छाडापन र बुर्जुवाकरणले भरिएको वकपत्र वा सुनपत्रमात्र हो ? यस्ता विषयहरुमा नेपाली समाजले आ आफ्नै प्रकारले बहसहरु हुँदै आएका पनि छन् । एकातिर बुर्जुवाहरु आफ्नो सवै मेसिनरी प्रयोग गरेर आफ्नो बुर्जुवा सत्तालाई बचाईराख्न हरदम कोशिस गरिरहेको छ भने अर्कोतर्फ जनताको न्याय, समानता, स्वतन्त्रता, स्वाधीनता, जनवादी तथा समाजवादी संस्कृतिलाई प्रयोग गरेर आफ्नो अधिकार र बर्गसघर्षलाई अघि बढाउन कोशिस गरिरहेका छन् जनताका जनवादी तथा प्रगतिशिल कलाकार र प्रगतिशिल जनवादी गीतसङ्गीतको माध्यमबाट त्यसैको एउटा पहल हो प्रगतिशिल तिज गीत ‘हेपिएका चेली‘ ।
सारैमिल्ने सङ्गी थियौ, पहिरोले लग्यो पोहोर
डाँडाकाटी जाउँत भने विरानो भो त्योे शहर
जाउँ त भने जाने ठाउ छैन
बसौ भने बसी साध्य छैन
हामी नारीलाई बरिलै
त्यसैले यो तिजमा छमछम नाच्नेमन छैन बरिलै
त्यसैले यो तिजमा बारुले कम्मर भाच्नेमन छैन बरिलै

गीतले आफ्नो मनको पीडालाई स्पस्टरुपमा बोकेको छ । साथी पहिरोले लगेर विचल्ली बनेको, डाडाकाटेर चटक्क जाँउ भने शहर विरानो भएको, बसेर बसी साध्यपनि नभएको तर जाने ठाउपनि नभएको भावना पोख्दै यो तिजमा आफुलाई छमछम नाच्नेमन र कम्मर भाँच्नेमन नभएको कुरा गीतमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ । नेपालममा गणतन्त्र त आयो तर विभेदहरु अझैपनि कायम छ, कानुनहरु विभेदकारी छ वा अन्धो छ, गल्ती गर्नेमान्छेहरुले उन्मुक्ति पाउँछन् यस्तो अवस्थामा कसरी नेपाली चेलीहरुलाई छमछम नाच्नेमन जाग्छ निकै सुन्दररुपमा गीतमा अवस्थाहरुको चित्रण गरिएको छ ।
गणतन्त्र आयो भन्छन्, उस्तै छ विभेदहरु
उत्पीडक मुक्तहुन्छन्, अन्धोझन कानुनहरु
बुझौ भने बुझिसाध्य छैन
लेखौ भने लेखि साध्य छैन
सामाजिक अवस्था बरिलै
त्यसैले यो तिजमा छमछम नाच्नेमन छैन बरिलै
त्यसैले यो तिजमा बारुले कम्मर भाच्नेमन छैन बरिलै

देशको स्वधीनता सङ्कटमा परेको छ । विदेशी खुनिपन्जाहरु नेपालको स्वाधीनतामाथि गाडिएको छ । एमसीसीको नाममा अमेरिकी साम्राज्यवादले आफ्नो उपनिवेश लाद्न खोज्दैछ । नेपालको राजनीति, अर्थनीति, सामाजिक नीति, धार्मिक नीति लगायतमा विदेशी हस्तक्षेप खुलेआम कायम छ । सिमानामा बस्ने नेपालीहरुमाथि लुटपाट छ, हत्या, बलात्कार छ भने दिनदिनै जस्तो गोलिको शिकार बन्नुपरेको उदाहरण पनि प्रसस्तै छन् । परिस्थिति हेर्दा न त भनि साध्यै नै छैन यो परिवेशको चित्रण गीतले निकै राम्रो गरि प्रस्टायको छ । सामाजिक विकृतिहरु छन्, देश जर्जर छ, जनविरोधी संस्कृति मौलाएको छ, छाडा प्रवृतिका र दब्बुप्रवृतिका संस्कृतिहरु बोलवालामा छन् । सिङ्गो देशलाई अस्लिलतातर्फ धकेल्ने प्रवृतिले गर्दा मुलुकको अवस्था सङ्कटग्रस्त अवस्थामा छ, देशको संस्कृतिको कुरा गर्दा हेरी साध्य, सुनि साध्य र बुझि साध्य नभएको कुरा यो गीतले प्रस्टाएको छ ।
स्वाधीनतामा खुनीपन्जा, विदेशीको हैकम चल्ने
आफ्नै देशको सिमानामा, पराईको गोली खाने
भनौ भने भनिसाध्य छैन
नभनौ त त्यो झन मिलेन,
देशको अवस्था बरिलै

सामाजिक विकृतिले, देश जर्जर बनेको छ
जनविरोधी संस्कृतिले, संङ्कटझन पारेकोछ
हेरौ भने हेरी साध्य छैन
सुनौ भने सुनिसाध्य छैन,
देशको संस्कृति बरिलै

अब सवै हेपिएका नारीहरु, उत्पीडित श्रमीकहरु, दमीत आवाजहरु एकतावद्ध बनेर आफुमाथि लादिएको विशालु काँडाहरुलाई झार्न उठ्नुपर्नेकुरा बताएको छ । यो परिवेशबाट मुक्तहुन हामी सवै नारीहरु नमिली सुखै नभएको कुरा बताउँदै सवै उत्पीडित नेपाली नारीहरुलाई उठ्न, एकतावद्ध हुन र जुट्न अपील समेत यो गीतले गरेको छ ।
हेपिएका नारीहरु, एकजुट भै उठ्नुपर्यो
श्रमजीवि आवाजहरु, एकठाउमा जुट्नुपर्यो
हामीसवै नमिली भएन
विशालु काँडा नझारी भएन,
ढिलाभयो अवत बरिलै
त्यसैले यो तिजमा छमछम नाच्नेमन छैन बरिलै
त्यसैले यो तिजमा बारुले कम्मर भाच्नेमन छैन बरिलै

तिजको गीतको नाममा अस्लिता बाढ्ने, पुरुष हैकम कायम राख्ने, दब्बु र उछ्रिङ्खल, छाडा संस्कृतिलाई तिरस्कृत गर्नुपर्ने कुरा यो प्रगतिशिल तिज गीत ‘हेपिएका नारी‘ ले प्रसस्त सन्देश प्रवाह गरेको छ । जनवादी प्रगतिशिल क्षेत्रमा कैयौ गितहरु सृजना भएको भएता पनि नेपाली हिन्दुवादी संस्कृती र प्रवृतिका विकल्पमा प्रगतिशिल, जनवादी, समाजवादी अर्थ र महत्व राख्ने गीत – सङ्गीतको सृजना निकै कममात्र हुनेगरेको पाईएको छ ।

नेपाल जनवादी गीत सङ्गीतको क्षेत्रमा निकै लामो समयदेखि सकृय वरिष्ठ जनवादी गीतकार तथा सङ्गीतकार चिरन सीको शव्द तथा सङ्गीत रहेको गीतमा आवाज भने मेस्मा पुनले दिएकी छिन् । गीतको संगीत संयोजन अहिलेका चर्चित एरेन्जर नारायण दङ्गालको रहेको छ र कोरश भोकलमा सारदा रसाईली तथा जयन्ता मगरले साथ दिएकी छिन् । मिक्सिङ तथा मास्टरिङको क्षेत्रमा नाम कमाउन सफल चन्द्र चौधरीको गीतमा मिक्सिङ तथा मास्टरिङ गरेका छन् । अकेस्टिक, नेपालमा रेकडिङ भएको गीतको रेकर्ड दिल समर्पण र राजाबाबु मिलेर गरेका छन ।

‘हेपिएका चेली‘ गीतको भिडियोमा फरक र नौलोपन दिने कोशिस गरिएको छ, गीतले उठाउन खोजेको विषयवस्तुलाई समाचारबाट प्रसारण गरि गीतको शुरुवात भएको छ । गीतको निर्देशन केशु पुनमगरले गरेकी छिन् भने, नृत्यको कोरियोग्राफी मिनुज रानामगरको छ । दुर्गा पौडेलको क्यामरा तथा भिडियोको सम्पादन नविन घर्तिमगरको रहेको छ भने मेकपको भुमिकामा जिन्सन खत्री हुनुहुन्छ । अक्स्फोर्ट स्कुल, नयाँ बजारमा छायाङ्न गरिएको गीतको भिडियोको स्टोरी चिरन सीको नै रहेको छ । ‘हेपिएका चेली‘ गीतको म्युजिक भिडियोमा केशु पुनमगर, बविता थापामगर, रेनु पुन, मेस्मा पुन, समस्टी बुढामगर, कविता सी, सन्ध्या सी, सन्जीता सी, सभ्यता सी, मालता वेलबासे, पुजा चौधरी, विनु थापा, वेली सिङ्जाली, निलम सिङ्जाली, बेलमाया गुरुङ, मिना पुन, युगिन श्रेष्ठ, अनिता घिमिरे लगाएतका कलाकारहरुको भुमिका रहेको छ ।
हेर्नुहोस भिडियोको लिङ्क ः

प्रतिक्रियाहरु