जनवादी सांस्कृतिक आन्दोलन: एक समीक्षा

२०८० भाद्र १२ गते, मंगलवार

नेपालको जनवादी सांस्कृतिक आन्दोलन रक्ष्यात्मक अवस्थामा छ । २०५२ फागुन १ गते संचालन भएको दसवर्षको महान् जनयुद्धमा सफलताको शिखरतिर पुगेको जनवादी सांस्कृतिक आन्दोलन ६२–६३ को जनआन्दोलन पछि एक पछि अर्को गर्दै खाएको अभूतपूर्ण धक्का, नेतृत्वको तहमा देखिएको राजनीतिक बैचारिक विचलन, राजनीतिक एवम् सामाजिक बिज्ञानमा देखा परेका नयाँ अन्तरविरोधको पहिचानको समस्या, स्थापित भएका जनसंस्कृतिहरुको विघटनले जस्ता करणहरुले नै आज जनवादी सांस्कृतिक आन्दोलनले रक्ष्यात्मक अवस्थाको सामना गर्नु परेको छ । तथापि कमजोर अवस्थामा भने पक्कै पनि छैन । ६५प्रतिशत कम्युनिस्ट जनमत भएको (देश) नेपालमा जनवादी संस्कृतिको प्रभाव र महत्व भने निकै उत्साहजनक नै छ । तर, पनि स्थापित भएका जनसंस्कृतिहरु किन ढले ! परम्परागत कुरीतिबाट किन जनता माथि उठ्न सकेको छैनन् ! नेपालमा किन साम्राज्यवादी संस्कृतिको जबर्जस्त प्रभाव बढ्दै छ ! अबको नेपालमा जनवादी सांस्कृतिक आन्दोलनलाई कसरी अगाडि लैजाने वा कसरी अगाडि बड्छ ? यावत प्रश्नहरुले हामीलाई घच्घच्याइरहन्छ । आउनुस् छलफल गरौँ दुई शिविर सांस्कृतिक विषयमा–

(१)साम्राज्यवादी पुँजीवादी, दलाल पुँजीवादी संस्कृति

(२) जनवादी तथा समजवादी संस्कृति

साम्राज्यवादी–पुँजीवादी संस्कृति

आज नेपालमा साम्राज्यवादी– पुँजीवादी संस्कृति चलिरहेको छ । जनताको दैनिक क्रियाकलापमा लुटको खेती गरेर (धर्मको नाममाहोस वा नारीहरुको शरीर ब्यापार गरेर होस् युवालाई विदेश बेचेर होस् वा देश बेचेर होस्) जिवन बाँचिरहेको छ । साम्राज्यवादी एवम् पुँजीवादी वा दलाल पुँजीवादी संस्कृति ! सामान्यतया संस्कृति भन्नाले मानव जीवनयापन सिलसिलामा चलिरहने विभिन्न कार्यहरु जस्तै ः चाडपर्व, खानपिन, जन्म, विवाह, मृत्यु, श्रम उत्पादन, आचरण, व्यबहार, आधार सम्मान, अन्यहरु पर्दछन् । यी हाम्रो समाजमा युगौंदेखि चलिरहेका संस्कृतिहरु हुन् । मानिस जब जीवनयापनका लागि श्रममा भाग लिन थाल्यो । त्यसपछि मात्र संस्कृतिको उत्पति भएको थियो । गतिशील समाज एकपछि अर्को नयाँ, नयाँ चरण पार गर्दै बिज्ञान प्रबिधिको युगमा पुगेको छ । तर, आज पनि नेपाली समाज रुढीवादी, अन्धविश्वास, अराजकतावादी, उपभोक्तावादी, छाडा र विकृति संस्कृतिको उत्पीडन यथावत् अवस्थामा छ । हामीलाई निकै नै गम्भीर बनाएको छ । कि दलाल पुँजीवादी संस्कृतिले नेपाली समाजलाई नयाँ चेतनामा बिज्ञानको विकासलाई अगाडि बढ्न दिएको छैन । संस्कृतिमा धर्मलाई जोडेर अन्धविश्वास र रुढीवादको आधारमा साम्राज्यवादी छाडा संस्कृतिले नेपाली समाजमा जरो गाडेर बसेको छ । जन्मिदै गरेको शिशुको दिमागमा भूतप्रेतका तानाबाना बुनिन्छन् । आजसम्म कसैले पनि देख्न नसकेको, भेट्न नसकेको कुनै वैज्ञानिक सम्मत तर्क नभएको अनि यसरी मान्छेलाई किन बाँधिन्छ । विवाहजस्तो प्रकृतिक नियम पुरुष र महिलाबीचको आकर्षणलाई वा एकनिष्ट प्रेमलाई सामाजिक कानुनको घेराबन्दीमा परेर दाइजो प्रथाको नामना बस्तुको आउ जसरी किनेको किनेको वा बेचेको जस्तो आममहिलाहरुलाई उत्पीडनको जाँतोमा पिसिएको छ । राजामहाराजाहरु जसले सम्पूर्ण जनतालाई लुटेर, दास बनाएर, कमैया बनाएर, एकात्मक साशन गरे । मोजमस्तिमा जीवन निर्वाह गरे । पर्बको नाममा उनीहरुलाई ढोक्नु पर्ने उनीहरुले जवर्जस्ती लादेको कथित कानुन मान्नुपर्ने ! न जीवनमा उनले कहिले कुनै बिज्ञान सम्मत वैज्ञानिक काम गरेका छन् । बरु कानुनको बलद्वारा जाति, धर्म, छुवाछूत, रुढीवाद र अन्धविश्वासको भुमरीबाट नेपाली समाजका चेतनाका बाधक र यथास्थितिवादका बलिया खम्बा बनेर उभिएका छन् । त्यस कारण त्यसलाई तोड्न भत्काउन जनवादी सांस्कृतिक आन्दोलनले निर्णायक भूमिका खेल्नु पर्दछ । अहिले समाजमा देखिएका जाँड–रक्सी, जुवातास, यौनदुव्र्यसन, युवा पलायन हुने, मानव बेचबिखन, खुल्ला वेस्यावृत्ति, वैदेशिक धार्मिक हस्तक्षेप, जस्ता बिकृतिका विरुद्ध तत्काल सशक्त जुध्न साहस नेपाली जनवादी आन्दोलनले गर्नु पर्दछ । यी समस्याहरुको समाधान गर्दै जनतामा नयाँ र वैज्ञानिक संस्कृतिको निर्माण र व्यापक रुपमा स्थापित गर्ने जिम्मेवारी वा अभिभारा जनवादी सांस्कृतिक आन्दोलनले पूरा गर्नु पर्दछ ।

जनवादी तथा समाजवादी संस्कृति

जनवादी तथा समाजवादी संस्कृति भनेको अग्रगामी प्रगतिशील र समाजवादी संस्कृति हो । अथवा जनवादी संस्कृति कम्युनिस्ट संस्कृति हो । जनवादी संस्कृतिले नै समाजवादी संस्कृतिको जग बसाल्दछ । कम्युनिस्टहरुको नेतृत्व र क्रान्तिकारीहरुको संयुक्त मोर्चाको आधारमा नै जनवादी तथा समाजवादी सांस्कृतिक आन्दोलन अगाडि बढ्छ । कम्युनिस्ट पार्टीको प्रत्यक्ष नेतृत्वमा सांस्कृतिक मोर्चा संचालन हुन्छ । जनवादी एबम् समाजवादी सांस्कृतिक मोर्चाले नै सर्वहारा वर्गीय आन्दोलन अगाडि बढाउनु पर्दछ । सांस्कृतिक आन्दोलन अगाडि बढाउने माध्याम भनेको कम्युनिस्ट पार्टीको नेतृत्वमा नै सांस्कृतिक मोर्चामार्फत् अगाडि बढाउनु पर्दछ । सांस्कृतिक मोर्चा एबम संगठनको काम भनेको जनतालाई सुसूचित गर्नु, जनताको जीवनसित जोडिएको साहित्य गीत रचना निर्माण गर्नु, आफ्नो (माटो) देशप्रति प्रेम सिर्जना गर्नु, कथित हिन्दु धर्ममा गजल्टिएको नेपाली समाजलाई वैज्ञानिक समाजतिर अग्रसर गराउनु, परम्परागत कुरीति, बिकृति र बिसंगतिबाट सभ्य समाज निर्माणमा आमनागरिकलाई प्रेरित गर्नु हुन्छ । हामी त्यसमा आवद्ध हुनुपर्दछ । आज जसरी नेपाली समाज साम्राज्यवाद दलाल पुँजीवादी संस्कृतिबाट ग्रसित बन्दै गइरहेको छ । महिलाहरुलाई भोगको साधन बनाउने र उत्पादनको बिज्ञापन बनाएर सुन्दरताको नाममा नाटक मन्चन गरेर समाजलाई बिकृतिको खाडलमा हाल्ने परनिर्भरताको शिकार बन्ने, युवाहरुको पसिनामा लुटको स्वर्ग देख्ने, जातिय छुवाछूतको पर्खाल खडा गर्ने, जस्ता संस्कृतिका विरुद्ध भयानक संघर्ष परिचालन गर्दै ! जनताको जिवनसँग गाँसिएका जनप्रेमी, प्रगतिशील, जनवादी समाजवादी साहित्य, गीत, नृत्य, कबिता रचनाहरुतिर नेपाली समाजलाई डो¥याउनु पर्दछ । साम्राज्यवादी पुँजीवादी, उपभोगवादी, अश्लील, बिकृति र छाडा संस्कृति र जनवादी समाजवादी तथा वैज्ञानिक संस्कृतिलाई प्रधान ठान्ने यी दुई प्रबिधि सँगसँगै दौडिरहेको हुन्छन् । त्यसैले सांस्कृतिक आन्दोलनको प्रश्न भनेको विश्वदृष्टिकोणको प्रश्न हो । संस्कृति बदल्ने कुरा भनेको सोच बदल्ने, आनिबानी बदल्ने कुरा हो । आदतको सत्ता पल्टाउने कुरा हो । उत्पादनको तरिका बदल्ने कुरा हो । तर, साम्राज्यवादी–पुँजीवादी संस्कृतिले धर्मको नाममा वा बजार मूल्यवृत्तिको नाममा वा कुनै पनि हालतमा पैसा धन सम्पत्ति निर्माण गर्नु प्रधान ठान्छ । पैसा कमाउने धन्धाबाहेक अरु त्यो संस्कृतिमा केही पनि छैन । मानवता, कला, साहित्य, संस्कृतिले समाज बदल्न सक्छ भन्ने कुरा उसको हुँदैन ! मात्र उपभोगको बस्तु बनाएर सम्पत्ति कमाउनेतिर लागिरहेको हुन्छ । त्यसैले आजको माथि इतिहासमा वा नेपाली समाजमा जनवादी वैज्ञानिक सांस्कृतिक आन्दोलनको अति आवश्यकता छ । साम्राज्यवादी पुँजीवादी दलाल पुँजीवादी संस्कृतिका विरुद्ध जनवादी तथा समाजवादी सांस्कृतिक आन्दोलनको मूल दिशा चाहिन्छ । त्यसले जनवादी आन्दोलनको बैचारिक संघर्ष र बहस संचालन गर्नुपर्ने छ । त्यति मात्र होइन वैचारिक संघर्ष र बहसबाट जनवादी सांस्कृतिक आन्दोलननलाई सर्वहारा संस्कृतिमा रुपान्तरण गर्दै लैजानुपर्दछ ।

सबै लेखक साहित्यकार कलाकारहरु क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वको झन्डामुनि रहेर मात्र जनवादी तथा समाजवादी सांस्कृतिक आन्दोलनलाई पूरा गर्न सकिन्छ । सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीविना त जनवादी समाजवादी सांस्कृतिक आन्दोलनको कल्पना पनि गर्न सकिँदैन ।

(लेखक ः सामना परिवारका केन्द्रिय सदस्य हुन् ।)

प्रतिक्रियाहरु