आँसु

झपेन्द्ररराज बैद्य २०८० श्रावण २२ गते, सोमबार
                                           
 

सस्तो त आँसु छ
पैसा नपर्ने आँसु
तर बहुमूल्य आँसु
अभाबमा हुन्छ आँसु
पानीको श्रोत हिमाल
तर आँसुको श्रोत दुःख हो।
गरिबी मात्र दुःख होईन
साहेबी पनि दुःख हुन्छ,
धनिको चिन्ता धनको हुन्छ
तर कहिल्यै मेटिदैन चिन्ता
आजको सुख भोलि दुःख हुन्छ।
आज एकलाख पाएको सुख
भोलि दुई लाखमा चिन्ता
पर्सि एक करोडको अभियन्ता
चिन्ता पहाड बन्छ
अनि
भ्रष्टाचारले शिखर चुम्छ
अरबौंको सपना बुन्छ।
मानिस असंतोषी पनि हो
यसैले
मानिस चन्द्रमामा पदार्पण गर्छ
मानिस असंतोषी हो
यसैले
चिन्ताबाट चितामा जान्छ।
चिन्ता समाज बदल्ने भएमा
यो सार्थक मूूल्य बोध हुन्छ।
सुन्दर समाज निर्माण गर्न
सुन्दर सपना सजाउनुु पर्छ
सुन्दर बिचार हुनुपर्छ
एकता संघर्ष रुपान्तरण
बिकासको नियम हो।
पृथ्बी गोल छ भन्दा
फाँसीमा गैलेलियो चढाईए
त्यसैले भूपिशेरचन् भन्छन्
हुदैन बिहान
एक दुई तारा झरेर नगए।
बन्दैन मुलुक
दुईचार जना सपूत
मरेर नगए।

प्रतिक्रियाहरु