अखिल (क्रान्तिकारी) सल्यानद्वारा कोषाध्यक्षलाई तत्काल रिहा गर्न माग

२०७७ मंसिर १८ गते, बिहीबार

काठमाण्डौ । अखिल (क्रान्तिकारी) सल्यानले अाफ्नो कामको सिलसिलामा रुकुम खलंगाबाट सल्यान अाउदै गर्दा कोषाध्यक्ष बिष्णु बुढाथोकीलाई गाडीबाटै गिरफ्तार गरेको भन्दै उक्त संगठनले गरेका घोर आपत्ति जनाएको छ । अखिल (क्रान्तिकारी) सल्यानका अध्यक्ष गणेश क्षेत्री ‘प्रभाकर’ ले एक विज्ञप्ति जारी गरि बुढाथोकीलाई अाउदै गरेको गाडी खानतलासी गरि थारमारेबाट गिरफ्तार गरेकाे ३ दिन बितिसक्दा पनि बेपत्ता बनाएको भन्दै सार्वजनिक गरि तत्काल रिहाई गर्न जोडदार माग गरेका हुन् । अन्यथा गिरफ्तार बुढाथोकीलाई सार्वजनिक गरि रिहाई नगरे यसकाे सशक्त प्रतिरोध आन्दोलन गर्न बाध्य हुने र यस्को सम्पूर्ण जिम्मेवार स्वयम् सरकार र प्रहरी प्रशासन हुनुपर्ने चेतावनी संगठनले दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु