मेस्सीले सातौँ पटक ‘गोल्डेन बुट’ जिते !

२०७७ श्रावण ५ गते, सोमबार


काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सातौँ पटक गोल्डेन बुट जिते का छन् । गएराति भएको ला लिगाको खेलमा आलाभेजलाई ५–० ले पराजित गर्ने क्रममा बार्सिलोनाका लागि मेस्सीले दुई गोल गरेका थिए । योसँगै मेस्सीले सिजनमा सर्वाधिक २५ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । २१ गोल गरेका रियाल मड्रिडका फ्रेन्च स्ट्राइकर करिम बेन्जमा दोस्रो स्थानमा रहे ।
ला लिगामा सन् २००८–०९ को सिजन यता सबैभन्दा कम गोल गरे पनि मेस्सीले सिजनको सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुटमा आफ्नो नाम लेखाएका हुन् । गोल्डेन बुट जिते पनि मेस्सीले यो सिजन बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन भने सकेनन् । यो सिजन ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । अन्तिम खेलमा भने रियाल मड्रिडलाई हिजो लेगानेजले २–२ गोलको बराबरीमा रोकेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु