क्रिकेट संघको विशेष साधारणसभा हुदै

२०७६ आश्विन १० गते, शुक्रबार

काठमाडौं, १० असोज । नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा आज हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघलाई प्रतिबन्ध लगाएपछि हुन लागेको यो साधारणसभालाई निकै चासोका साथ हेरिएको छ । आज साधारणसभाको उद्घाटनसत्र हुने छ भने भोलि चुनाव हुने छ । साधारणसभाले नयाँ नेतृत्व चयन गरेपछि क्यानमाथिको निलम्बन फुकुवा हुने विश्वाश गरिएको छ । नयाँ नेतृत्वका लागि विनयराज पाण्डे र चतुरबहादुर चन्दले आकंक्षा देखाएका छन् । यसैगरी उपाध्यक्षमा राजाबाबु श्रेष्ठ र मिङ्मा डाण्डु शेर्पाले प्रतिस्पर्धा गर्ने सम्भावना छ । सचिवमा अशोकनाथ प्याकुरेल र विनोद मैनालीले इच्छा देखाउदा कोषाध्यक्षमा रोशनकुमार सिंह र उपेन्द्र भट्टराईको चर्चा चलिरहेको छ । १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नका लागि ५९ जना मतदाता छन् ।
४ वर्षको कार्यकालको चयनका लागि सदस्य जिल्लाबाट १–१ प्रतिनिधि गरेर ३९ र प्रदेशका २० जनाले भोट हाल्न पाउनेछन् । कार्यसमितिमा एक जना महिला अनिवार्य हुने व्यवस्था भएपछि सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि भएर आएकी जयन्ती भट्ट निर्विरोध निर्वाचित हुने देखिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार