वाइडबडी विमान खरिदलगायतका विषयमा छलफल हुदै

२०७५ मंसिर ७ गते, शुक्रबार

काठमाडौं, ७ मंसिर । संघीय संसदकाे प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सचिवालय सिंहदरबारमा बस्न लागेकाे बैठकमा विमान खरिद प्रकरणलगायतका विषयमा छलफल हुने जनाइएकाे छ । अाज बिहान साढे ११ बजेका लागि तय गरिएकाे बैठकमा नेपाल वायु सेवा निगमले खरिद गरेर ल्याएका ‘वाइडबडी’ विमानबारे छलफल हुने कार्यसूची छ । निगमले गत असार र भदाैमा खरिद गरेका दुईवटा वाइडबडी जहाजमा ठूलाे भ्रष्टाचार भएको अाराेप लाग्दै अाएकाे छ । साे विषयमा समितिले छानबिन गर्न लागेकाे स्राेतले जनाएकाे छ । यसका साथै बैठकमा नेपाल भ्रमण वर्ष २०२० तथा बाैद्धस्थित तारागाउँ विकास समितिकाे बारेमा पनि छलफल हुने कार्यसूची रहेकाे छ ।

प्रतिक्रियाहरु