सीमा बचाउन लड्ने यादव भारतीय प्रहरीको नियन्त्रणमा

२०७४ आश्विन १६ गते, सोमबार

काठमाडौँ, १६ असोज । भारतीय अतिक्रमण रोक्न वीरतापूर्वक लडेका देवनारायण यादवलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । गत वर्ष नेपाल–भारत सीमामा पर्ने सप्तरीको तिलाठी सीमा क्षेत्रमा भारतीय पक्षले एकतर्फी बाँध बाँध्न खोज्दा यादव नेतृत्वको नेपाली समूहले प्रतिवाद गरेको थियो । सो क्रममा उनी घाइतेसमेत भएका थिए । यादवलाई आइतबार भारतीय बजार कुनौली गएका बेला त्यहाँको प्रहरीले पक्राउ गरेको हो । सप्तरी प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले घटनाको पुष्टि गर्दै विस्तृत रुपमा बुझ्ने काम भइरहेको बताए ।
एसपी सिंहका अनुसार शनिबार भारतीय प्रहरीले यादवको छोरासहित तीन जनालाई पक्राउ गरेको थियो । आइतबार छोरालाई छुटाउन भनेर भारतीय बजारमा गएका बेला देवनारायणलाई उल्टै हिरासतमा कोचिएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले यादवलाई भारतीय प्रहरीले बिरपुर भन्ने स्थानमा लगेर राखेको जानकारी पाएको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु