कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०७३ माघ २३ गते, आईतवार

काठमाडौं, २३ माघ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको कक्षा ११ को मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उतीर्ण भएको जानकारी दिए । परीक्षामा कुल ५३ हजार ५०७ जना परीक्षार्थी सहभागि भएकोमा ४६ हजार १४३ जना परीक्षार्थी उतीर्ण भएको उनले जानकारी दिए । बोर्डले कक्षा ११ को नियमित परीक्षामा एक विषयमा अनुतीर्ण भएका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

स्कुल बसमा आगजनी !

२०८१ बैशाख ३० गते, आईतवार

सबै शिक्षकका काज फिर्ता !

२०८१ बैशाख २६ गते, बुधबार