अल्का अस्पतालको हर्कतलाई किन नजरअन्दाज ?

२०७३ माघ २१ गते, शुक्रबार

काठमाडौं, २१ माघ । अल्का अस्पतालले पटक पटक लापरवाही गरेर कयौ बिरामीको ज्यान लिएको अस्पतालमा उपचार गर्न पुगेका एक बिरामीले बताएका छन । नाम चलेको अस्पतालमा उपचार गर्न पाए सन्चो भन्ने हुन्छ कि भन्ने सोचेर आयो तर यहाका डाक्टरको शैली हेर्दा अकालमा ज्यान जाला जस्तो देखियो अब आफु यो अस्पतालमा फर्केर कुनै हालतमा नआउने र आफुले चिने जानेकालाई समेत यस्तो ज्यान मारा अस्पतालमा उपचार नगराउन सल्लाहा दिने बताए । अल्का अस्पतालले लिङ्ग पहिचान गरि बालिकाको भ्रुण हत्या गर्ने गरेको बिषयले गत बर्ष तहल्का नै मच्याएको प्रशंग उल्लेख गर्दै उनले प्रश्न गरे – खोइ अस्पताललाई त नियम कानुनपनि लाग्दो रहेनछ कि जे गरे पनि छुट पाउदो रहेछ ? सरकारले त हेरन हेरेंन देशका भ्रस्ट र तस्करलाई तह लगाउदै हिड्ने नेकपा (माओबादी) ले समेत यस अस्पतालको हर्कतलाई नजरअन्दाज गर्नुले भने आफुलाई आश्चर्य चकित बनेको उनले बताए ।
यसैबीच, ललितपुरको अल्का अस्पतालको लापरबाहीको कारण एक विरामीले अकालमा ज्यान गुमाउनु परेको छ । अल्का अस्पतालमा १० दिन देखि उपचाररत धरानकी गंगा राइको गत बिहिबार निधन भएको छ । राइको मृत्यु भएपछि तनाब सिर्जना भएको थियो । अकालमा आमाको मृत्यु भएपछि छोरी पुनमले भनिन, ‘आमा वर्षदिन देखि लिभरको विरामी हुनुहन्थ्यो, अवस्था सामान्यनै थियो,’ ‘डबल डोज औषधी दिँदा आमाको निधन भयो ।’ उनले मुख र मलद्वारबाट औषधी दिएर आफ्नो आमालाई मारिएको आरोप लगाइन् । उनले अस्पतालको इमरजेन्सी विभागका कर्मचारीले औषधीको डोज बढी हुँदा विरामीको मृत्यु भएको भनेर आफैलाई जानकारी गराएको समेत दाबी गरेकी छन् । आफूले पाँच दिन अघि पनि अस्पतालमा बिरामीको राम्रोसँग ख्याल नगरिएको जानकारी गराएको बताइन् । उनले आफ्नो आमालाई डाक्टर अनन्त लगायतको टिमले उपचार गरिरहेको समेत बताएकी छन् । ‘हिँजो पनि डाक्टर अनन्तले तपाईंलाई अन्याय भएको ६ भनेर मलाई भन्नुभएको थियो,’ उनले भनिन, ‘आज चाहिँ उहाँ अस्पतालमै आउनुभएको छैन, मलाई अस्पतालले के कारणले विरामीको मृत्यु भयो भनेर समेत बताएको छैन ।’ उनले आफ्नो आमाको विहान ८ बजे निधन भएको भएपनि दिउँसो १ बजे मृत्यु भएको भनेर डेथ सर्टिफिकेट दिइएको बताइन् । उनले उपचारमा संलग्न डाक्टरले आफूहरुलाई न्याय दिलाइदिने बताएकोले शब बुझेको बताएकी छन् ।

प्रतिक्रियाहरु