संसदको बैठक पुस १० सम्मका लागि स्थगित

२०७३ पुष ७ गते, बिहीबार

काठमाडौं, ७ पुस । सभामुख ओनसरी घर्तीमगरले संसद बैठक पुस १० गतेसम्मका लागि स्थगन गरेकी छन् । प्रमुख राजनीतिक दलहरुलाई सहमतिका लागि बिहीबारसम्मको समय दिएकी सभामुखले दलहरु सहमतिमा पुग्न असफल भएपछि संसद बैठक स्थगन गरेको स्रोतले जनाएको छ । संसदको आजको बैठक सूचना टाँसेर पुस १० गते एक बजेसम्मका लागि स्थगन गरिएको संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।

प्रतिक्रियाहरु