उपत्यकाका प्रमुख नदीबाट ११ मेट्रिक टन फोहर व्यवस्थापन

२०७३ कार्तिक २० गते, शनिबार

काठमाडौँ, २० कात्तिक । उपत्यकाका प्रमुख नदी सफाइ गरी आज ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । बागमती सफाइ महाअभियानको १८२ औँ हप्ता र विष्णुमती सफाइको ११४ औँ हप्तामा दुवै नदीको दोभान टेकुमा संयुक्त रुपमा सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइको नेतृत्व पूर्वमुख्यसचिव लीलामणि पौड्याल, पूर्वसचिव किशोर थापा लगायतले गर्नुभएको थियो । सफाइमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलगायत सात सयको सहभागिता रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
रुद्रमती सफाइको १४१ औँ हप्तामा आज कमलपोखरी–ज्ञानेश्वर–रातोपुल–गौशालामा जनजागरण अभियानसहित सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरिले बताउनुभयो । फोहरमुक्त सडक घोषणा गरिएको यो सडकमा फोहर फालेमा जरिवाना गर्ने जानकारीसमेत सो अवसरमा गराइयो ।
सफाइमा समाज, वातावरण संरक्षण अभियान, महानगरपालिकाको वडा नं ९ र ३३ एवम् महानगरीय प्रहरी वृत्त कमलपोखरी, गौशाला, सामुदायिक प्रहरी हाँडीगाउँको सक्रिय सहभागिता थियो ।
नख्खु खोला सफाइको ६४ औँ हप्तामा आज कुसुन्ती दिव्यनगरस्थित नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आइतबार सूर्यको आराधना गरी मनाउन लागिएको छठ पर्वको तयारीका लागि पनि सो स्थानमा सफाइ गरिएको संयोजक बलुदेव पाण्डेले बताउनुभयो ।
यहाँबाट सङ्कलन गरिएको फोहर ललितपुर उपमहानगरपालिकाले व्यवस्थापन ग¥यो । आजै गुह्येश्वरीमाथिको बागमती क्षेत्रमा राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, तिलगङ्गा महिला समूह र माकालबारी टोल सुधार समितिले सफाइ गरेका छन् ।
विसं २०७० जेठ ४ गते शनिबारदेखि सुरु गरिएको सफाइ महाअभियानले उपत्यकाका नदी तुलनात्मक रुपमा सफा हुन थालेका छन् । नेपालको तीन दिने राजकीय भ्रमणमा आउनुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बिहीबार पशुपतिमा विशेष पूजापछि बागमती नदीको दर्शन गर्दै सात वर्ष अघिभन्दा नदी सफा भएको भन्दै सराहना गर्नुभयो ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार