आँगनमा गोहीको बच्चा !

२०७३ कार्तिक ८ गते, सोमबार

काठमाडौ, ८ कात्तिक । कञ्चनपुरको बेलडाँडी नगरपालिका–७ मा विकास सेठीको आँगनमा आइतबार साँझ लोपोन्मुख अवस्थाको गोही फेला परेको छ । घर आँगनमै गोही फेला परेपछि सेठी परिवारले बेलडाँडी रेञ्जपोस्ट कार्यालयमा खबर गरेका थिए । गोहीको उद्धार गरी शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको रेञ्जपोस्टका प्राविधिक उत्तमबहादुर विष्टले बताए । फेला परेको गोहीको बच्चाको तौल १० किलो रहेको उनले बताए । गोही आरक्षको कालीकिच सीमसार क्षेत्रबाट यहाँ आएको हुनसक्ने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु