अलबिदा लोकमान, अख्तियारलाई जीवनदान’ भन्दै प्रदर्शन

२०७३ कार्तिक ६ गते, शनिबार

काठमाडौं, ६ कार्तिक । सोलिडारिटी फर गोविन्द केसी अलायन्सको अगुवाइमा अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गदैं राजधानीका सडकमा मानवसागर उर्लिएको छ । कार्कीलाई महाअभियोग लगाउन दबाब दिन राजधानीमा भैरहेको प्रदर्शनमा ठूलो संख्यामा नागरिकको सहभागीता रहेको छ । बिहान ११ बजे काठमाडौंको माइतिघर मण्डलामा भेला प्रदर्शनकारीले नयाँ बानेश्वरसम्म -याली गरेका छन् । ‘अलबिदा लोकमान, अख्तियारलाई जीवनदान’ नाम दिइएको उक्त प्रदर्शन कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, कलाकार,पत्रकार समेतको ठूलो उपस्थिति रहेको डा. गोविन्द केसीका सहयोगी डा. जीवन क्षेत्रीले बताए । माइतिघरबाट सुरु भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले ‘घाम हँसियाले खोले मुख, अझै चुप हरियो रुख’ नारा लगाएका छन् । एमाले र माओवादी केन्द्रका सांसदले संसदमा दर्ता गरेको महाभियोग प्रस्तावबारे राजनीतिक दलहरु निष्कर्षमा पुग्न नसकिरहेका बेला प्रदर्शन भएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु