जनता भिखारी होइनन – शोभा गजुरेल

२०७३ भाद्र २५ गते, शनिबार

प्रचण्डले मर्नेको घरमा र जन्मने को घरमा २० किलो चामल दिने भए रे नि ? मलाई यौटा साथीले प्रस्न गर्नु भयो , मैले उत्तर के दिउ भनेर सोच्दै थिए । फेरि उहाले नै जवाफ लेख्नु भयो , प्रचण्ड गिरे भन्ने त लागेको थियो तर यति गिरि सकेछन यो चाही आज थाहा पाए । उहाको यो भनाइ टुंगेपछि मैले भने आफ्ना छोरा छोरीको रगतलाई बेच्न सक्ने मान्छे हुन् उनि । १७ हजार सहिदलाई मूल्य लगाउने उनले यो काम गर्नुलाई गर्ब ठाने होलान । गरिब जनतालाई भिख बाड्ने महान प्रधानमन्त्रि हु भन्ने ठाने होलान । किनकि उनले जनसेनाको पैसा समेत आफ्नो पेटमा हाले । आफुले त्यस्तो भिख लिएका प्रचण्ड अरुलाई भिख दिदा महान भइन्छ भन्ने सोच्छन , तर उनलाई के थाहा जनता भिख लिदैनन । नेपाली जनता स्वाभिमानी छन्, तिनलाई महान बनाउन जिबन बलि चढाएर सहिद बनेका जनता हुन् ति । तिम्रो २० किलो चामलमा आफ्नो स्वाभिमान कसरी बेच्थे ? उनीहरु भिख होइन आत्मनिर्भरता चाहन्छन । आफ्नो पसिना बगाएर आफ्नो पेट पाल्न सक्छन । उनीहरुलाई तिम्रो २० किलो चामल होइन पसिना बगाउने ठाउँ देउ । आफ्नो पौरख खान्छन । उनीहरुलाई रोजगारी देउ ,तिम्रो छोरोलाई जस्तो तिनलाई तिम्रो भिख चाहिन्न । उनीहरु त आफ्नो पसिना बगाउन चाहन्छन । आफुलाई खानमात्र होइन देशलाई पनि कर तिर्न चाहन्छन । तिमीले जस्तो आफ्नै नातिलाई जन्म दर्ता नगराउने होइन, उनीहरु त आफ्ना सन्तानलाई र्हिदयमा राख्ने गर्छन । त्यसैले होला तिमीले तिनलाई बुझ्न सकेनौ । उनको स्वाभिमानलाई तिमीले कसरि चिन्नु , तिमि त हिजो जसलाई विस्तारबादी भन्थ्यौ आज उसैको पछिलाग्गु बनेका छौ । हिजो तिमीलाई यहाँसम्म ल्याउनेलाई बिर्सी आज टिका थाप्नेहरुलाई आफ्नोपछि लाउदैछौ , यो तिम्रो रुपलाई हिजो चिनेनन ति सहिदले । आज तिमि प्रचण्ड बनि तिनै सहिदको अपमान गर्दैछौ । ति सहिदले तिमीलाई यहाँसम्म ल्याएका आफ्नै बर्गको अपमान गर्न होइन । त्यो तिमीले बुझे हुन्छ । कसैलाई भिख दिन अगाडी तिमि आफु कति सक्षम छु भन्ने कुरा सोच्न पर्छ । जनता भिखारी होइनन प्रचण्ड , उनीहरु दे का रक्षक हुन् । तिम्रो २० किलो चामल होइन उनलाई स्वाभिमानमा बाच्न देउ । जनता को हुन् पहिला चिन, तिमीजस्तो पैसामा स्वाभिमान बेच्दैनन जनता । जनता ति हुन् , तिमि जस्तो इमान बेच्न सक्दैनन् जनता । जनता यौटा मसाल हो, जसले आगो लाउन सक्छ । तर कसैलाई आफ्नो देश माथि गिद्दे नजर लगाउन दिन सक्दैन । तिमि जस्तो बिदेसीको सामु आफ्नो नाक रगड्दैन जनता । त्यसैले त स्वाभिमानी भएर आफ्नो सिर काट्न तयार हुन्छ जनता । देखेनौ १७ हजारले कसरी आफ्नो सिर काटे बर्गको रक्षाको लागि । आफु सहिद बने , झुकेनन कहिले कोहीसग । बरु आफ्नो सिर कटाए । त्यसैले तिमी नसोच तिम्रो भिखले उनीहरु अघाउछन । फालियको रोटीले मेरो पेट भरिन्न मागीएको धोतीले मेरो लाज छोपिन्न , हो जनता यी हुन । बुझ तिमीले , तिमीलाई इमान बेच्ने बानी पर्यो तर जनता स्वाभिमानी छन । उनीहरुलाई यस्तो कहिले नसोच कि तिम्रो भिख लेलान र रमाउलान भनि ।
महान जनतालाई मेरो हिर्दय देखिको सलाम…
हाल – फ्रान्स

प्रतिक्रियाहरु