असोज १६ देखि सर्वसाधारणलाई नयाँ नोट

२०७३ भाद्र २० गते, सोमबार

काठमाडौं, २० भदौ । नेपाल राष्ट्र बैंकले आउँदो दसैतिहारका लागि असोज १६ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । बैंक तथा बित्तीय संस्थालाई असोज ९ देखि १४ गतेसम्म नयाँ नोट वितरण गरिने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जनाएका छन् । ती बैंक तथा बित्तीय संस्थाले पनि १६ गतेबाटै सर्वसाधारणलाई नयाँ नोट वितरण गर्नेछन् ।
राष्ट्र बैंकले काठमाडौं उपत्यकामा थापाथलीस्थित केन्द्रीय कार्यालय र उपत्यका बाहिर आफ्ना क्षेत्रीय कार्यालयमार्फत असोज २१ गतेसम्म नयाँ नोट वितरण गर्ने छ । राष्ट्र बैंकले यसपटक प्रतिव्यक्ति ३७ हजार रुपैयाँसम्म सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु