नेपाली राजनीति र संघीयता – चन्द्र बहादुर लामा ‘किरण’

२०७३ भाद्र १९ गते, आईतवार

नेपालमा अहिले भैरहेको राजनैतिक घटनाले राष्ट्रियतामा गम्भीर प्रश्न उब्जाएको छ । नेपाल एउटा स्वतन्त्र रास्ट्र हो । यो एउटा यस्तो देश हो जसलाई भौगोलिक विकटता भुपरीबेक्षिक कृषिप्रधान देश भनेर चिनिन्छ । अहिलेसम्म नेपालमा सार्बभौमसत्ता अखण्डतामा कुनै देशले आँखा लाउन सकेको थिएन । पहिलेको बहादुर पुस्ताहरुले कुनै पनि देशसंग सिर निउराएको थिएन तर अहिले ठिक उल्टो भएको छ । राष्ट्रिय एकता खल्बलाउने काम अहिलेको नेताहरुले गर्दैछन् । रास्ट्रको हित बिपरित विभिन्न सन्धि सम्झौता गर्दै आइएको छ । हालसालै नेपाल सरकारको गृहमन्त्री तथा उपप्रधानमन्त्री बिमलनेन्द्र निधिले निजगढ काठमाडौं फास्ट ट्र्याक भारतलाई दिनुपर्ने भन्दै खुलामखुल्ला भन्दै आइरहेका छन । नेपालले आफ्नो पुजी लगानी मार्फत बनाउन सक्ने योजनालाई भारतीय कम्पनीलाई सुम्पिनु पर्छ भन्नु देशकै इज्जत गएन र ? नेपाली युवाहरु बेरोजगारको कारण दिन दिनै बिसौ हजारको दरमा बाहिरिरहेका छन् । आफ्नै देसमा भएको पुजी सहि सदुपयोग भएको देखिदैन । नेपाली युवाहरु अर्काको देशमा श्रम बेच्न बाध्य छन् । त्रिभुवनअन्तराष्ट्रिय विमानस्थलमा दिनको तीन जनाको लास बाकसमा आउछन् । खै सरकारले बुझेको ? कहिलेसम्म यसरी टुलुटुलु हेर्दै युवाहरुलाई पराई भुमिमा मर्न बाध्य बनाउछौ ? अनि यसरी बन्छ सम्बृद्ध नेपाल ? नेपाली जनाशक्तिहरुलाई नेपालमै बसेर दुई पैसा कमाउन पाउने बाताबरण कहिले बनाउछौ , नेपाल सरकार ? आफ्नो देशमा बसेर श्रम गरेर पराई मुलुकमा जानु नपर्ने दिन कहिले आउँछ ? सरकार, हामीलाई जबाफ चाइयो हैन भने अफ्नो मातृभुमीमा भएको श्रमबजार किन अरुलाई दिन्छौं ? आफ्नो देशको जनशक्तिलाई बिदेश पलायन हुन किन बाध्य पार्छौ ? अब नेपाली जनतात्यति लाटो छैन । नेपाली जनताले राणा शासनकालदेखि राजतन्त्र , पंचायतकाल हुँदै बहुदल , हुदै लोकतान्त्रिकगणतन्त्र नेपालसम्म आइपुगे तर जनतामा केहि परिवर्तन भएको देखिएन ।जनता भुइको भुईमै न गाँसवास , न शिक्षा, न स्वास्थ कुनै कुराको ग्यारेन्टी छैन । जनता दिन दिनै स्वस्थ्य उपचार नपाएर मर्न बाध्य छन् । उल्टै सुकुम्बासीहरुको बस्ती भत्किएको छ । खै कहाँ गयो गरीब जनताले पाउने न्याय ? के यहि लोकतान्त्रिक गणतन्त्र ? नेपालको जनतालाई दिने न्याय खै ?कहाँ गयो गरीब जनताको सम्मान सहभागिता , समाबेशिता, समानुपातिक यहीँ हो ? गणतन्त्र नेपालको जनताले पाउने अधिकार यहि हो ? अर्को कुरा संघीयता दसबर्ष जनयुद्ध लडाएर बहुपहिचान सहितको संघीयता भनेर गरीब जनताको छोराछोरी पिछडिएका आदिवासी जनजाति दलित महिलाको सबै अधिकार सु सम्पन्न बनाउछु भनेको हैन । खै कहाँ गयो त्यो आवाजहरु ? कसैको काख रित्यायो, कसैको सिन्दुर पुछ्यो , के यही हो त्यस्को प्रतिफल ? अब नेपाली जनतामा झुट्को बजार नराखे हुन्छ । संघीयताको बिषयमा , जातीयता राज्यको । नेपाल विभिन्न जातजाति भाष भाशी भएको मिस्रीत सबै जात भएको देश हो । त्यसैले यो देशमा जातीय राज्य सम्भब देखिदैन । अर्को कुरा पहिचानको त्यो पहिचानमा जान पहिलो कुरो समाबेशिता हुनुपर्छ अनि मात्र सबै बर्ग जातको भाषा अफ्नो लिपी अनुसार बहुपहिचानको अभ्यास हुन्छ । सबै भाषालाई राष्ट्रिय मान्यता दिनुपर्ने हुन्छ । यसको निम्ति समानुपातिक र समाबेशिता जोड दिन जरुरी देखिन्छ । अगामी दिनमा कसैले पनि राष्ट्रिय एकता माथी आच पुग्ने काम नगरौ अरुलाई पनि गर्न नदिऊ !
– हाल मलेशिया

प्रतिक्रियाहरु