चिहान खनिदिनु छ -पुष्प गोपाल श्रेष्ठ

२०७३ भाद्र १३ गते, सोमबार

म झुप्रोमा जन्मेको मान्छे
झुत्रो र झुम्रोले लपेटी
यही धुलो माटोमा
लुडीबुडी खेल्दै
यही हावा पानीमा
हुर्केको म
मेरो त थलो नै हो यो ।
मिरमिरे बिहानमा उठ्छु
आफ्नो साजवाज
कुटो कोदाली
बोकेर हिड्छु
माटो संग खेल्न
जहाँ हिमाल झरछ
कलकल गर्दै
अनि,
त्यही पानीको ताल शुरमा
माटो हिल्पाउँछु
रोप्छु , फलाउँछु फुलाउँछु
मगमग चलेको शुवासमा
नाच्छु गाउँछु
यसैमा म रमाउँछु ।
मलाई देखेर खिस्याउदैं
नाक खुम्च्याएर
गगन चुम्ने महलमा
सुरा र सुन्दरी माझ
ऐस आराम लुटीरहेका
मान्छेका नाउँमा लाक्षीहरु हो
तिमीले कहिल्यै फर्केर हेर्ने गरेका छौ ?
जहाँ तिमीले टेक्दै गएका
प्रत्येक पाईलाहरु
एका एक भासिन्दै गइसकेका छन्
अव तिमी पनित
कती दिनको हो र,
मैले बुझी सकेको छु,
मेरै रगत र पसिनाले
मोटाएर बसेका तिमी
एउटा झिनो सरी शिनु त हो
त्यसैले तिम्रो निमित्त
म आपैmले
चिहान,
नखनी भएको छैन
खनी दिनै पर्छ
अनी धकेलेर
तिमीलाई पुरिदिनु पनि पर्छ
यो मेरो दायित्व हो ।

(२०४५-०२-०५ बिहान )

प्रतिक्रियाहरु