लेकालीले बनाएको तिमाल गाउँ – अनिस तामाङ( श्याम)

२०७३ भाद्र ११ गते, शनिबार

असार साउनको महिना थियो । झमझम पानी परिरहेको त्यो मध्य रातबाट सुरुवात भएको हाम्रो मित्रता आज इतिहाको पानामा सिमित देख्दा मनहरु भावुक भएर आउछ । स्वासहरु बन्द भएको महसुस हुन्छ, अक्रोशको ज्वाल धपधपी बलेर आउछ । मध्यारात कसैले ढोको ढक् ढकाउदै आमा- बुबा भनेर बोलाएपछि हामी सोच्न बाध्य हुन्थ्यौ । उमेर सानै भएकोले मध्यरात भूत हिड्छन रे भनेर मैले दन्तेकथाहरुमा पढेका थिए । बाहिरबाट एउटा सुमधुर स्वर बारम्बार आइरहेको थियो आमा/ बुबा भन्दै ! हामी सबै मौन थियौ । मलाई लागथ्यो यो कुनै भुतसुत नभएर समस्य परेको बटुवा होला भनेर। शायद बाहिरबाट १० पटक जति बोलाउदा मैले दश पटक सोचे। कसैले आमा भनेर बोलाउद न दाई पो काठमाडौंबाट आउनु भयो कि जस्तो लाग्थ्यो। बाबाले टुकि बत्ति बालेर ढोका खोल्न जानु भयो। पानीले निथुक्र भीजेको एक जना छोरा मान्छे र छोरी मान्छे ढोकाबाट भित्र छिर्नु भयो। उहाँहरुले म लेकाली उहाँ छिरिङ बहिनी भन्नु भयो। हामीले २ दिन भयो केहि खाएको छैन , साह्रै भोक लागेको छ, खाना दिनुस बाबा बाँकी कुरा म तपाईंलाई सबै भन्ने छु भन्नु भयो। उहाँहरुको बोलीमा नै एक मिठास थियो कि सबैलाई एकै पटक मोहित पारि दिने । बाबाले मध्यरात खाना बनाउन सुरु गर्नु भयो । उहाँहरु पानीले बिजेको देखे पछि बाबाले आमालाई चाबी मागेर केहि कपडा निकालेर दिनु भयो । यति खेरा सम्म घडिमा ठिक १ बजि सकेको थियो। खाना पाक्दै थियो लेकाली हामी एक क्रान्तिकारी योद्धा हौ,वर्गिय विभेद अन्त्यको लागि लड्दै हिडेको माओवादी हौ भन्दै कुरा अगाडि बढ्दै थियो। बाबा हच्किनु भयो म त झनै सातो उडेको थियो माओवादी रहेछ भनेर। मैले सुनेको थियो माओवादी त चोर्छन लुट्छन थर्काउछन भनेर तर उहाँहरु त बिलकुल त्यस्तो देखिएन।
त्यो रात गफ गर्दै बितियो । मलाई क्रान्तिकारीहरु कुराले यति मोहित वनायो कि म गोठ जाँदै गर्द बाटो भरि लेकालीले बोलेका कुराहरु सोच्दै गए । गोठमा पुगेर घाँस काट्दै थिए । यि क्रान्तिकारीहरु त बिलकुल फरक हुदो रहेछ तर किन हाम्रो गाउँको केही मान्छेहरुले उहाँहरुको बरेमा गलत प्रचारबाजी गरेका होला भनेर सोच्दै थिए । त्यतिकैमा हाँसियाले हात काटे पछि पो झस्के छु। रगत बग्न थाल्यो हतारहतार अर्को हातले समातेर रगत रोक्ने प्रयास गरे, अनि बनमाराको पात निचारेर घाउँमा हालियो अनि थोत्रो टालोले बाँदेर गोठतिर लागियो । आजभन्दा भोली भन्दा लेकाली कामरेडले गाउँतिर संगठन व्यापक बनायो । लेकाली भने पछि गाउँघरको सामान्तिहरु थरथर काँम्थ्यो। उत्पिडित गाउलेहरुको लागि प्यारो नाम थियो । लेकाली, कसैलाई अन्याय गरे लेकाली बोलाउछु भनेपछि फाटाहाहरु तर्सिन्थे। कसैलाई अन्याय परे लेकाली बोलाउछु भने पछि त्यतिकै न्याय पाउथ्यो। गाउँ असमानता भन्ने कुरा नै थिएन । हिजो जाँड र जुवा तासमा चुर्लुम्म डुबेको मेरो गाउँ एक नमुना गाउँ भएका थिए । हिजो सधैं साइली काकी कुट्ने बले काकाहरु खेतमा व्यस्त देखिन्थ्यो, सधैं जुवातासमा रुमलिरहेको युवाहरु क्रान्तिको अभ्यास गरिरहेका देखिनथ्यो, एक शब्द मुखबाट निस्किन हाम्मेहाम्मे हुने दोर्जे दाई खुलेर असमानता विरुद्ध अवाज उठाउन सक्ने भए, भान्छा चुलोमा जिवन बिताइरहेका पाल्मो भाउजुहरु महिला संगठनको सदस्य भएर नारी अवाजहरु बुलन्द गर्दै हुनथ्यो। सधैं जाँड खाएर कराउँदै हिड्ने विरे बाजे जातिय पहिचानको कुराहरु बुझाउदै ताम्सालिङको महत्त्व गाँउलेहरुलाई बुझाउदै हिडथ्यो, कामी दमाइ भने पछि सात कोस टाढाबाट नै भगाउने राधिका काकीहरु राम्रो नराम्रो कार्य हुदा सोम दमईको हातबाट खाना खाने गर्थे, हिजो मन्दिरमा पाइला टेक्न नदिने दलितहरु मन्दिरमा मज्जाले दर्शन गर्न पाइन्थ्यो, गाउँमा गरिब तथा एकल महिलाहरुलाई बोक्सीको आरोप खेप्नु पर्थ्यो जब लेकाली गाउँ पस्यो ति सबै विभेदहरु हटेर गयो। गाउँमा लेकाली आउद भगवानलाई भन्द धेरै सम्मान हुनथ्यो। प्यारको भाषा बुझ्नेलाई प्यारको भाषाले सम्झायो प्यारको भाषा नबुझ्नेलाई क्रान्तिकारी भाषामा सम्झायो। जे होस गाउँमा विभेद भन्ने कुरा थिएन। सबै खुसि थिए। गाउँ यत्रो परिवर्तन हुदाको पछाडि लेकाली कामरेडको ठुलो हात थियो ।
समयहरु वित्दै थियो गाउँको प्राय सबै युवाहरु माओवादी छापामार भइसकेका थिए, विहानै सानो बालक देखि बुढा, महिलाहरु सबैले आत्मरक्षाको छापामार तालिम लिएको थियो, वरिपरिका गाउँको मान्छेहरुले माओवादी गाउँ भनेर भन्ने गर्थे, हाम्रो गाउँ सानो वालक अर्को गाउँ तिरा जाँदा नि माओवादी आयो भनेर भन्ने गर्थे। म १०,११ वर्षको थिए त्योही उमेर बमबारुदको राम्रो ज्ञान प्रप्ति भइसकेको थियो। हामी सानो सानो केटाकेटीहरुले बम बनाएर पट्काउने गर्थे भन्द आजभोली कमैले पत्याउछन। हामीलाई मार्सलआर्ट ट्रेनिङ देखि बमगोला सम्मको ट्रेनिङ दिइनथ्यो। भोली राज्यले ठुलै दमन गरे राज्य संग लड्ने सम्मको तागत हामी सबैलाई बनाइसकेका थिए। हामीलाई फौजी देखि राजनीतिक रुपमा पनि प्रशिक्षित बनाएको थिए ।
यतिसम्म कि हामीले लेकाली नै प्रचण्ड हुन भनेर भन्ने गर्थ्यो। लेकालीको मिठो मुस्कान, मिठो बोली, क्लियर राजनीतिक प्रशिक्षण गाउँलेहरुले घन्टौ सम्म कान ठाडो बनाएर सुन्ने गर्थ्यो। उत्पिडित जनतालाई कहिल्यै नमिठो बोली गरेको सुनेन, तर समाचारमा भने हाम्रो गाउँको युवाहरु जबर्जस्त माओवादीले लग्यो भनेर फुक्ने गर्थ्यो त्यसो भन्द कति गाउँलेहरुले त रेडियो फुटाएर फालेको रेकर्ड नि छन। लेकालीको ४,५ दिन मात्रै नआउद गाउँलेहरु सोधपुछ गर्थे, दिनौ माओवादी मारेको खबरले जनतामा ठुलो त्रास पनि थियो कतै सेनाले भेट्यो कि, युद्धमा पर्यो कि भनेर हामी चिन्तित पनि हुने गर्थ्यो। लेकाली ४,५ दिन पछि गाउँमा टुप्लुक्क आइपुग्द गाउँलेहरु राजा आएको भन्द नि बढि सम्मान गर्थ्यो। तल्लो घरे माइली बज्यैले सधैं अर्शिवाद दिने गर्थे बाबु तिमी बाच्नु पर्छ हामी गरिब गाउँलेहरुको लागि तिमी नभए गाउँ फेरी पहिला कै हालत हुन सक्छ। एकात मान्छे बाहेक हामी सबै गाउँलेहरु खुसी थिए लेकाली कामरेड संग। एक पटक पाँचखाल भन्ने ठाउमा कयौ माओवादीहरु गिरफ्तार भएको खबर रेडियोमा आयो।तर को को पर्यो कसैलाई थाहा थिएन। गाउँलेहरु चिन्तित थिए कतै लेकाली कामरेड नि पर्यो कि भनेर। किनकी गाउँबाट छुट्टिद म एक पटक मेरो घर पाँचखाल पुगेर आउछु बुढि आमालाई नभेटेको पनि १८ महिना भएछ भन्दै हुनुहुनथ्यो । गाउँलेहरु काठमाडौंबाट आएको प्रत्यक मान्छेहरुलाई सोद्थे को को परेछ पाँचखालमा माओवादीहरु भनेर तर कसैले लेकाली कामरेड नि पर्यो भन्यो त कसैले लेकाली कामरेड पाँचखालमा हैन महाभार जानु भएको छ भन्थे गाउँलेहरु मन शान्ता पार्थ्यो। पञ्चे बाजेले त लेकालीको दीर्घायुको कामना गरेर एउटा भाले चढाउनु भएको थिए। यस्तै यस्तै धेरै गर्थे गाउँलेहरु लेकालीको लागि।आज भन्द भोली भन्द लेकाली नआएको नि ३,४ महिना भइसकेको थियो।  विहनाको १०,११ बजेको थियो आमा खाना पकाउदै हुनुहुनथ्यो आगो ज्वार्रा कराए पछि आमाले आज त आगो करायो कोही त आइपुग्छ भनेर भन्दै हुनुहुन्थ्यो त्यतिकै पोथी कुखुरा घर भित्र आएर जिउ हल्लायो भुर्रा गरेर। बाबाले भन्नु भयो आज कोही पाहुना त आउछ आउछ भन्दै हुनुहुन्थ्यो। गाउँघरमा आगो कराउदा, कुखुरा घर भित्र आएर जिउ फटफट्उदा पाहुना आउछन भन्ने परम्परा छन। त्यो दिनको मेलापात सकेर हामी बेलुकाको खाना बनाएर सकिसकेको थियो। त्यतिकै माथि खोल्सा तिरा खास्राखुस्रक गरेको अवाज सुन्यो आमाले पार्टीको हरु जस्तो छ भन्दै हुनुहुनथ्यो । अग्लो अग्लो बाँसहरु भएकोले जुन भए पनि अध्यारोले केहि देख्दैन्थ्यो। एकै छिनमा ४,५जना मान्छेहरु अाँगनमा आइपुग्नु भयो। नमस्कार बुबा भने पछि पो थाहा पायो। लेकाली कामरेडहरु रहेछन भनेर। लेकाली र एक जना चहि हाम्रो घरमा बस्नु भयो अरु साथीहरू चहि पल्लो घरको बाजेको घरमा बस्नु भयो। पार्टीको मान्छेहरु जति खेरा नि आइपुग्ने भएकोले आमाले खाना संधै बढि नै बनाउनु हुनथ्यो किनकी दिनमा एक दुइ जना त माओवादीहरु आएकै हुनथ्यो।
लेकाली कामरेड भन्नु भयो आज म बाँचेर पछुतो लागिरहेको छ, आमाले के भयो र बाबु भन्नु भयो लेकाली कामरेड भावुक हुदै म बसेको गाउँमा सेनाले बम हान्दा सोझा गाउँलेहरुको ज्यान गयो। विहे गरेर दुइ दिन मात्रै भएको एउटी बहिनीको सिन्दुर पुछियो, अरु ५,६ जना घट्न स्थल मै ज्यान गयो १५,१६ जना त घाइते भयो तर रेडियोमा अतंककारीहरु मुडभेटमा मारियो भनेर फुक्दै छन। ति घट्नालाई सविस्तार सुनाउदै हुनुहुनथ्यो।। आमा आखा भरि आसु पार्दै हुनु हुनथ्यो। साहेत सबै भन्द धेरै पिडा ति सिउदो पुछेको वहिनीको कुराले हुनु पर्छ। हामी सबै खाना खाएर सुत्यौ। विहानै लेकाली कामरेडलाई भेड्न गाउँलेहरुको भिड थियो हाम्रो घरमा।। लेकालीले बनाएको त्यो गाउँमा लेकाली आउद भगवानलाई भन्द धेरे मानथ्यो।लेकाली सबैलाई मिठो मुस्कान दिदै आफु ठिकै रहेको सेनाको घेरबन्धि परेकोले आउन नसकेको जानकारी गर्दै हुनुहुनथ्यो। गाउँलेहरु लेकालीलाई देखेर खुसिको आसु बगाउदै थियो।। मलाई थाहा छैन एउटा विद्रोह प्रति गाउँले यति धेरै अकार्षक किन भयो भनेर। शासकहरुले जंगली भनेर सम्भोदन गर्ने लेकालीहरुलाई जनताले भगवान मानथे त्यतिबेला।।

सुर्य पश्चिमी तिरा ढल्किदै थियो। हावाहरु बेजोड संग चल्दै थियो, चारचुरिङ्गीहरु चिरिङचिरिङ अवाज निकालदै थियो, तल्लो घरको काले कुकुर बेस्सरी बुक्दै थियो। लागथ्यो गाउँमा केहि अनर्थ हुदै छ। गाउँलेहरु के हुन लाग्यो भनेर कराउदै थियो। लेकाली कामरेड माथि कोठामा केहि विर्सेर खोजेको जस्तो गर्दै देखिन्थयो।। हामी सेनाको उदगम स्थल तिरा जाँदै छौ आमा भन्दै हुनुहुनथ्यो।। आमाले आज नजानु बाबु भोली जानु आज कस्तोकस्तो महसुस भइरहेको छ भन्नु भयो। पार्टीले जसरि नि त्यता जानु भनेको छ आमा हामी आज त्यहाँ पुगेन भने पार्टीलाई ठुलो क्षति हुन सक्छ। हामीले बुझेन कस्तो क्षति हुन भन्ने कुरा। उहाँ पनि जाँउ कि नजाँउ जस्तो गर्दै हुनुहुनथ्यो।। हामी गाउँले संग जोसिलो हात मिलाउदै उहाँ धुलिखेल तर्फ प्रस्थान भयो।
छिट्टै फर्किने बाचा सहित छुटेको लेकाली कामरेड पात्लेखेतमा पुग्दा सेनाको घेराबन्धीमा पर्नु भएछ। उहाँलाई शाहिसेनाको जवानहरुले संगिनले किचिकिचि मारेको भनेर खबर आयो।हामी गाउँलेहरु नरोएको कोही थिएन होला। लेकालीले कारबाही गरेकोहरुले समेत लेकाली जस्तो मान्छे बाँच्नु पर्थ्यो भनेर आसु जार्दै थियो। आज लेकाली कामरेड सहिद भएको वर्षौ वर्ष भयो तर लेकाली कामरेडको विचारहरु गाउँले भुलेको छैन। हामी सबै युवाहरुहरुमा लेकाली कामरेड को विचारहरु दौडिरहेको महसुस हुन्छ। गाउँमा कसैले विभेद गरे लेकाली कामरेड को शैली अझै अपनाउछौ हामी । उहाँ यो संसारमा हुनुहुन्न तर आज गाउँमा लेकाली जस्तो युवाहरु धेरै जन्मिसकेका छन। लेकालीले बनाएको गाउँले लेकालीलाई सधैं सम्झिरहेका छन।
( काभ्रे तिमाल ) हाल- प्रवक्ता नेपाल जन प्रगतिशील मञ्च युएई

प्रतिक्रियाहरु