सुख्खा पहिरोका कारण दुई दर्जन परिवार विस्थापित

२०७३ भाद्र ३ गते, शुक्रबार

काठमाडौं, ३ भदौ । सुख्खा पहिरोका कारण धादिङको दार्खा गाविस–८ का २५ परिवार विस्थापित भएका छन् । गत आइतबारदेखि बस्तीमाथिबाट पहिरो खसेपछि दार्खाका २५ धरधुरीका ९९ जना विस्थापित भएको धादिङ प्रहरीले जनाएको छ । पहिरोको जोखिममा रहेका स्थानीयलाई दार्खा प्रहरीले उद्धार गरेर नजिकैको सुरक्षित स्थानमा राखेको छ । विस्थापित भएकाहरुलाई अस्थायी टहरा बनाएर राख्ने विषयमा स्थानीय राजनीतिक दल, संघसंस्था, स्थानीयहरुबीच छलफल भइरहेको छ ।
पहिरोबाट विस्थापितमध्ये ५ घरधुरीका २२ जनालाई दार्खा–८ सल्लेरीमा ५ वटा त्रिपालको टहरा बनाइ राखिने बताइएको छ । त्यस्तै १६ जनालाई भोक्टेनी प्राविमा र ६१ जनालाई लङचेतका स्थानीय बासिन्दाको घरमा बस्ने व्यवस्था मिलाइएको छ । विस्तापितहरुलाई तत्काल राहत सामाग्री उपलब्ध गराउने दैवी प्रकोप उद्धार समिति धादिङले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार