सत्तारुढ दल छोडी माओवादीमा प्रवेश गर्नेको ओइरो

२०७३ श्रावण २९ गते, शनिबार

काठमाडौं,२९ साउन । धनकुटामा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरि नेकपा माओवादीमा प्रवेश गर्ने लहर चलेको छ । धनकुटा नगरपालिका ३ वाट नेकपा माओवादी केन्द्रका जनजाती नेता भक्तबहादुर मगर, जंग समाल मगरलगायत आधा दर्जन जिल्लास्तरीय एब स्थानिय माओवादी केन्द्रका नेता तथा कार्यकर्ता माओवादी केन्द्र परित्याग गरी नेकपा माओवादीमा प्रवेश गरेका छन । भने नेपाले कांग्रेसवाट रामबहादुर भुजेल, इन्द्र भुजेल , सोम भाहादुर भुजेल लाग्या करिब एक दर्जन स्थानिय नेता तथा कार्यकर्ता नेकपा माओवादीमा प्रवेश गरेका छन ।
उनीहरुलाई नेकपा माओवादीका जिल्ला सेक्रेटरी आकाश शर्माले एक कायक्रमका बीच नेकपा माओवादीमा प्रवेश गराएका हुन् । देशलाई बर्तमान संकटवाट नेकपा माओवादीले मात्र पार लागाउन सक्ने भएकोले आफुहरु नेकपा माओवादीमा प्रवेश गरेको नब प्रवेशीहरुले बताएका छन ।

प्रतिक्रियाहरु