औषधि व्यवस्था विभागको मनपरी विरुद्ध जनस्वास्थ्यकर्मी

२०७३ श्रावण २७ गते, बिहीबार

काठमाडौँ, २७ साउन । औषधी व्यवस्था विभागले मनपरी गरेको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ लुम्बिनी व्यूरोले एक विज्ञप्ती मार्फत कडा आपत्ति जनाएको छ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ लुम्बिनी व्यूरो संयोजक शिला गैरेद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, ‘स्वास्थ्य जस्तो संवदेनशील क्षेत्रमा सरकारले गरेको बेवास्ताका कारण जनताहरु मारमा परेका छन्, नेपाल स्वास्थ्य व्यवसायी परिषद किताबमा दर्ता गराएको र ऋयमभ या भतजष्अक को अधिनमा रही अष्लिष्अ संचालन गरिएका भएता पनि यस देशका औषधी व्यवसायीभित्रका दलाल ठेकेदारहरुको मिलेमतोमा सम्पूर्ण जनस्वास्थयकर्मीमाथी आघात पुर्याएको छ । यसरी राज्यबाट भएको दमन का कारण स्वास्थ्य क्षेत्रमा मात्र नभई जनतामा पनि ठूलो असर पर्न गएको छ । ’
जनस्वास्थ्यकर्मी महासंघले पटकपटक अपिल गर्दासमेत वेवास्ता भएको भन्दै यस्तो अमानवीय व्यवहार राज्यबाट तुरुन्त रोक्न र जनस्वास्थकर्मीहरुलाई यथाशिघ्र व्यवस्थित गरियोस भन्दै विज्ञप्तीलाई वेवास्ता गरिएमा कडा संघर्षमा जाने समेत विज्ञप्तीमा उल्लेख छ । -शिव डुम्रे

प्रतिक्रियाहरु