राहदानीबाट ६ अर्ब राजस्व संकलन

२०७३ श्रावण १८ गते, मंगलवार

काठमाडौं,१८ साउन । आर्थिक वर्ष २०७२/०७३ मा राहदानीबाट रु ६ अर्बभन्दा बढी राजस्व संकलन भएको छ । राहदानी विभागबाट रु दुई अर्ब ६९ करोड ९४ लाख ४० हजार र कुटनीतिक नियोगबाट रु एक अर्ब २६ करोड ६० लाख ७० हजार राजस्व संकलन भएको विभागका निर्देशक रामप्रसाद सुवेदीले जानकारी दिए ।
सरकारले ८ लाख ७० हजार ३४६ मेसिन रिडिएवल पासपोर्ट (एमआरपी) राहदानीबाट सो राजस्व संकलन गरेको हो ।विभागले दुई लाख ६९ हजार ९४४, जिल्लाबाट चार लाख ७३ हजार ७९५ र कुटनीतिक नियोगबाट एकलाख २६ हजार ६०७ राहदानी वितरण गरिएको थियो ।
भूकम्प र नाकाबन्दीका कारण अघिल्लो आवको तुलनामा गत आवमा राहदानी लिनेको संख्या घटेको बताइको छ । गत आवमा १३ लाख ३७ हजार ८३८ व्यक्तिले राहदानी लिएका थिए । रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु