माओबादीका केन्द्रिय सदस्य थापाको घरमा प्रहरीको छापा

२०७३ श्रावण १८ गते, मंगलवार

काठमाडौं, १८ साउन । नेकपा माओबादीका केन्द्रिय सदस्य बाला थापा(कृति)को घरमा प्रहरिले हिजो दिउसो छापा मारेको छ । हिजो दिउसो एक बजेको समयमा चालिस जनाको सङ्ख्यामा आएको प्रहरीको टोलिले थापाको घरका सबै कोठा,गोठ लगायतमा छापा मारेको हो । छापा मारेपछि थापाका घरको कोठामा भएका डायरी,पार्टीको दस्ताबेज लगाएका पार्टीका पर्चा नियन्त्रणमा लिएको छ। त्यस्तै प्रहरीले माओबादी कपिलबस्तुका सेक्रेटरी सगँम पुनको घरमा समेत छापा मारेका छ,दिउसो तिन बजेको समयमा पुनको घरमा पुगेको प्रहरी टोलिले उनको घरका सबै कोठा,गोँठ लगाएतमा छापा मारेको माओबादी स्रोतले बताएको छ ।
यस्तै माओबादी कपिलबस्तुका सचिबालय सदस्य अशोक बिक लगायतको घरमा समेत छापा मारेको छ । प्रहरीले कपिलबस्तुमा तिब्ररुपमा छापा र धरपकड बढाए पछि अधिकाशँ कार्यकर्ताले घर छाडेका छन । एक माओबादी नेताले बताए अनुसार प्रहरीले बिना कारण तथा सामान्य शकाँका आधारमा कसैको घरमा छापा मार्ने परिवार तथा छोराछोरीलाई मानसिक तनाब दिन पाईदैन यो गभ्भिर अपराध हो स्मरण रहोस थापा र पुनका छोरा छोरीलाई सोधपुछ भन्दै चार पटक जिल्ला प्रहरी कार्यलय लगिसकिएको छ ।
यस्तै अखिल (क्रान्तिकारी)का जिल्ला अध्क्षय,उपाध्क्षय लगाएत लाई समेत प्रहरीले निगरानिमा राखेको छ । यता एक माओबादी नेताले भने घरमा जाने,छापा मार्ने र छोराछोरी लाई सोधपुछ भन्दै अनाबश्यक मानसिक तनाब दिदै गए स्थिति झन गम्भिरँ बन्न सक्ने दाबिँ गरे । उनले युद्दकालमा रोल्पाको थबाङका जनतालाई जस्तै सास्ति र हैरानि अहिले कपिलबस्तुमा शुरु गरिएको छ यदि यहि ढगँले दमन गरिए प्रतिरोध हुन्छ ।उनले युद्दकालमा थबाङको घटना जस्तो कपिलबस्तुमा गर्दै गए दोस्रो रोल्पा कपिलबस्तु हुने दाबि गरे ।प्रहरीले छापा मार्नुको कारण बारे भने खुलाईएको छैन ।-प्रकाश डुम्रे

प्रतिक्रियाहरु