भारतले बनाएको बाँध भत्काउने सम्मानित

२०७३ श्रावण १७ गते, सोमबार

काठमाडौं, १७ साउन । गतबिहिबार सप्तरीको तिलाठीमा भारतीयले एकतर्फी रुपमा निर्माण गरेको बाँध भत्काउन जाँदा भएको झडपमा घाइते बनेका दुर्गानन्द झा र देबनारायण यादबलाई सम्मानित् भएका छन । उनीहरुलाई जागरुक युवा अभियानले मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगी खादा र ढाका टोपीले सम्मान गरेको हो । सम्मान ग्रहण गर्दै यादवले आफ्नो ज्यान रहेसम्म भारतीयलाई बाँध बनाउन नदिने प्रण गरे । उनले आफु नहुँदा आफ्नो छोराले सिमानाको सुरक्षा गरिरहेको बताउदै कुनै हालतमा बाँध निर्माण गर्न दिन नहुने र त्यसकालागि स्थानीयले चालेको कदममा उच्चस्तरबाट सहयोग हुनुपर्ने बताए । जिल्ला दैवी प्रकोप समितिका अध्यक्ष समेत रहेका यादवलाई उपचारका लागि काठ्माडौको मनमोहन मेमोरियल अस्पताला, स्वयम्भुमा ल्याई भर्ना गरिएको छ ।
हाल उनीहरुलाई सधन उपचार कक्षमा राखेर उपचार गरिएको र उनीहरुको निशुल्क उपचारको व्यवस्था गरेको अस्पतालले जनाएको छ । उनीहरुलाई मनमोहन अस्पताल सम्म ल्याउने काम भने ‘राष्ट्रिय स्वाधिनताका लागि युवा अभियान’ नामक अनौपचारिक समूहको पहलमा भएको हो ।
कार्यक्रममा अभियानका सचिव जनार्दन पौडेलले ‘उनीहरु देशका सच्चा सिपाही भएको र उनिहरुसंग ३ करोड नेपाली संगै छ भन्ने संदेश दिन सम्मान गरेको बताए । पौडेलले घाइते दुबैलाई सम्मान गर्दै हिमाल पहाड तराई कोइ छैन पराइ हामी तराइबासीको साथमा छौ भन्दै सिम्वोलिक रुपमा भूमिपुत्रलाई काठमाडौबासीको माया भन्दै मायाको चिनोको रुपमा ढाकाटोपी लगाइदिएर सम्मान गरेको बताए ।

प्रतिक्रियाहरु