कांग्रेस, माओवादी र संघीय गठबन्धनबीच लिखित सम्झौता हुदै

२०७३ श्रावण १७ गते, सोमबार

काठमाडौ, १७ साउन । नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चासहितको संघीय गठबन्धनबीच सत्ता गठबन्धनका लागि लिखित सहमति हुने भएको छ । कार्यदलले तयार पारेको प्रस्तावमा आन्तरिक छलफल भएपछि भोलि सहमति हुने बताइएको छ । त्यसकै आधारमा मधेसी मोर्चासहितको संघीय गठबन्धनले प्रधानमन्त्री निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्नेछ । प्रमुख दुई कांग्रेस माओवादी र गठबन्धनबीच भोलि नै लिखित सम्झौता गर्ने तयारी छ । पर्सी प्रधानमन्त्रीका लागि मतदान हुने भएकाले गठबन्धनले भोलि नै आफ्ना मागमा लिखित प्रतिवद्धता खोजेको छ । संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र माओवादीले लिखित सहमति जनाए मात्रै सरकारमा जाने र समर्थन गर्ने बताए । लिखित सम्झौता कहिले हुन्छ भन्नेमा सत्ता गठबन्धनमै भर पर्ने यादवको भनाई छ । आन्दोलनको मूख्य माग सीमांकन भएकाले अहिल्यै प्रष्ट गर्नुपर्ने गठबन्धनको अडान छ ।
कांग्रेस माओवादी र आन्दोलनरत गठबन्धनबीच साझा न्युनतम कार्यक्रमसहित आगामी चुनावसम्मको रोडम्याप तयार गर्न शनिबार कार्यदल गठन भएको हो । आज साँझ पनि कार्यदलको बैठक सिंहदरबारमा बोलाइएको छ ।

प्रतिक्रियाहरु