संविधानसभादेखिका अभिलेख उतारिँदै

२०७३ श्रावण १४ गते, शुक्रबार

काठमाडौँ, १४ साउन । संविधानसभा र व्यवस्थापिका–संसद् बैठकका थाती अभिलेख उतार्ने (डिकोड) कामलाई संसद् सचिवालयले अघि बढाउने भएको छ ।
दोस्रो संविधानसभा–२०६४ सालमा निर्वाचित भएपछिका एक वर्षका बैठकका अभिलेख उतार्ने काम भएको थियो भने २०६५ यताका अभिलेख केवल श्रव्य दृष्यमा सीमित छन् । मुलुकमा पहिलोपटक जननिर्वाचित संविधानसभाबाट संविधान बनाइएका बैठकका गतिविधि र सभासद्का धारणाको अभिलेख ऐतिहासिक काम भएकाले ढिलै भए पनि यसमा सचिवालयले चासो दिएको हो ।
सचिवालयले सहसचिव डा रोजनाथ पाण्डेको संयोजकत्वमा समिति गठन गरी अभिलेख उतार्ने, वेभसाइट ताजगीकरण र सांसद तथा सञ्चारकर्मीसँगको सञ्चारलाई व्यवस्थित गर्ने जिम्मा दिएको छ ।
सहसचिव पाण्डेका अनुसार बाँकी डिकोडिङको काम अघि बढाउन विशेषज्ञ संस्था र व्यक्तिबाट बोलपत्र आह्वान गरिएको र चाँडै जिम्मेवारी दिइने बताउनुभयो ।
सचिवालयले त्यस्ता अभिलेख आफ्नो पुस्तकालयका साथै राष्ट्रिय अभिलेखालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित कार्यालयमा पठाउनेछ । त्यस्तै सांसद वा अनुसन्धानकर्ताले मागेमा त्यस्तो अभिलेखका प्रति प्रमाणित गरी दिइनेछ ।
डा पाण्डेले सचिवालयको वेभसाइटलाई अन्तर्राष्ट्रियस्तरको बनाउन बैठकका सबै गतिविधि र दस्तावेज समावेश गर्ने, सांसदसँग वेभसाइटबाट सञ्चार तथा सञ्चारकर्मीसँगको सञ्चारलाई प्रभावकारी बनाउने काम पनि भइरहेको जानकारी दिनुभयो ।
सचिवालयको कार्यव्यवस्था महाशाखा मातहतको कार्यव्यवस्था र सूचना तथा अनुसन्धान महाशाखाले यी कामको संयोजन गर्नेछ ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार