सिंहदरबारभित्रै चोरी !

२०७३ श्रावण १२ गते, बुधबार

काठमाडौं, १२ साउन । मुलुकको मुख्य प्रशासनिक भवन र देशकै सुरक्षित ठाउँ मानिने सिंहदरबारबाटसमेत चोरी भएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव चिरञ्जीवी तिम्सिनाको कार्यकक्षबाट ल्यापटप, आइप्याड, चेकबुक र एक लाख रुपैयाँ नगद चोरी भएको हो । तिम्सिनाले आफू बैठकमा रहेकोबेला कार्यकक्षबाट सामानहरु चोरी भएको बताए । सिंहदरबारका अरु मन्त्रालयमा सीसी क्यामरा जडान गरिएपनि सो मन्त्रालयमा भने सीसी क्यामरा जडान गरिएको छैन । चोरी भएको जानकारी पाउनासाथ प्रहरीले मन्त्रालयका सबै कर्मचारी र गेटबाट बाहिरिनेहरुको शरीर र झोला खानतलासी गरेपनि अहिले साँझसम्म चोरको पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु