उपभोक्ता ठग्दै डिडिसी

२०७३ श्रावण ११ गते, मंगलवार

काठमाडौँ, ११ साउन । दुग्ध विकास संस्थान (डिडिसी) ले आधा लिटर दूध बेच्दा ११० मिलिलिटर दूध घटी बेच्ने गरेको तथ्य फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयले काठमाडौंले नाप जाँच गर्दा दुग्ध विकास संस्थान (डिडिसी) बाट उत्पादित दूधको परिमाणमा ठगी भएको फेला परेको हो ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत क्षेत्रीय कार्यालय बालाजुलाई नापजाँचका लागि चिठी पठाएपछि नाप गर्दा उक्त मिलिलिटर कमी फेला परेको हो ।
क्षेत्रीय कार्यालयका प्रमुख शशिभूषण यादवले आधा लिटर दूधमा यतिधेरै मिलिलिटर कमी भएको फेला परेपछि कारबाहीका लागि दुग्ध विकास संस्थान (डिडिसी)लाई पत्राचार गरिएको जानकारी दिए । यस्तो कमी फेला परेपछि क्षेत्रीय कार्यालयले सोमबारै अनुगमन गरिएको प्रमुख यादवले बताए । – प्रभाब दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु