अत्यधिक वर्षाले जनजीवन प्रभावित

२०७३ श्रावण ११ गते, मंगलवार

काठमाडौ, ११ साउन । देशभरी भारी बर्षाले जनजीवन प्रभावित भएको छ । पूर्वी नेपाल र तराईका जिल्ला जलमग्न भएका छन् भने पहाडी जिल्लामा पहिरोको जोखिम बढेको छ । गुल्मी र मनवानपुरमा गरी पहिरोका कारण ८ जनाको मृत्यु भएको छ । गुल्मीमा गएराति गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । गुल्मीको हस्पीचौर गाविसको माल्वीमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको हो ।
हस्तिचौर गाविस १ मा भीमबहादुर दर्जीको घर पहिरोले बगाउदाँ ६२ वर्षिया दिदी कालिका, ४९ वर्षिया श्रीमती तुलसी र १९ वर्षिया बुहारी अस्मिताको मृत्यु भएको छ । गुल्मीकै विशुखर्क–९ मा पहिरोले एक घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोपाल रानाका ९ वर्षिय छोरा सुजन राना र ७ वर्षिया छोरी सिमाना छन् ।
मकवानपुरका सामुदायिक रेडियोहरुका अनुसार मकवानपुरको भिमफेदी ५ सोलाभञ्याङमा पहिरो खस्दा एकै परिबारका ३ जनाको मृत्यु भएको छ । पहिरोले २७ बर्षिय बिकास रुम्बा, उहाँकी श्रीमति पार्बती र ६ बर्षका छोरा बिकासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बर्षाका कारण पूर्वका झापा, मोरङ, सुनसरी जगमग्न भएका छन् । त्यस्तै सप्तरी, महोत्तरी, धनुषा, रौतहटलगायतका जिल्लाका दर्जनौ भाग पनि डुवानमा परेका छन् । पश्चिम नेपालमा रुपन्देही, भैरहवा, दाङ लगायतका जिल्लामा पनि घरहरु डुवानमा पर्दा सयौ नागरिक विस्थापित भएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु