अन्तराष्ट्रिय आतंकवादीहरुको निशानामा कोशी व्यारेज

२०७३ श्रावण १० गते, सोमबार

काठमाडौं, १० साउन । ५० वर्ष पुरानो कोशी व्यारेज माथि अहिले खतराको बादल मडारि रहेको छ । बर्खाको मौसम भएको कारणले कोशी व्यारेजको जल स्तर निकै उच्च रहेको छ । त्यस बाहेक पनि कोशी ब्यारेज अन्तराष्ट्रिय आतंकवादीहरुको निशानामा रहेको सनसनी खेज समाचार बाहिर आएको छ । आतंकवादी संगठनले भारत नेपालको सिमामा रहेको कोशी ब्यारेजलाई ध्वस्त पार्ने धम्की दिएको खबर छ ।
सुनसरी जिल्लाको जिल्ला प्रशासक (सिडियो) मोहन चापाँगाईको अनुसार कोशी व्यारेजलाई ध्वस्त पार्ने धम्की आएदेखि सुरक्षा प्रशासन निकै सजग छ ।
सुनसरी जिल्ला प्रशासनको साथ साथ नेपाल आर्म फोर्सको एक विशेष टोली कोशी व्यारेजको सुरक्षामा खटाई सकेको उनको भनाई छ । उनले भने, कोशी ब्यारेजबाट आउने जाने सवारी साधन माथि कडा निगरानी र चेकजाँच पनि भई रहेको छ ।
आतंकवादीद्धारा प्राप्त भएको धमकी पछि अहिले कोशी व्यारेज क्षेत्रको सुरक्षा बढाएका छन् । नेपालको पूर्वी नेपाललाई जोड्न एक मात्र स्थलमार्गमा सुनसरी र सप्तरी जिल्लाको बीचमा रहेको सप्तकोशी नदि माथि निर्मित कोशी ब्यारेजलाई आतंकवादी संगठनले ध्वस्त पार्ने धम्की दिएको समाचार भारतको चर्चित टेलिभिजन आज तकको अनलाइन संस्करणमा लेखिएको छ ।
केहि दिन अगाडि पनि भारतका अर्काे चर्चित अनलाइन जागरणले पनि नेपालमा आतंकवादीको अड्डा बन्दै गएको समाचार छापेका थिए ।
कोशी व्यारेजलाई ध्वस्त पार्ने आतंकवादीद्धारा धमकी प्राप्त भएपछि भारत र नेपालका अधिकारीहरुको निद्रा खल्बलिएको छ ।
कोशी ब्यारेजको सुरक्षामा नेपालको सुरक्षाकर्मी बाहेक अहिले नेपाली सेनाको सक्रियता बढाएको छ । कोशी ब्यारेज बाट आवत जावत गर्ने सबै सवारी साधनमा कडा निगरानी र चेकजाँच हुन थालेको छ ।
सुरक्षाकर्मी निकै सजग भएको कारणले निकै सक्रियता पूर्वक कुनै पनि किसिमको अप्रिय घटना नहुन दिन सर्तकता अपनाएका छन ताकी कुनै पनि अप्रिय घटना नघटोस ।
सुरक्षा संवेदनशिलताका कारण भारत र नेपालका कुनै पनि अधिकारीले कहाँ बाट कुन संगठनको आतंकवादीले धमकी दिएको हो नाम लिन चाही रहेका छैन ।
सिडियो चापाँगाईका अनुसार कोशी व्यारेज काफि गम्भीर विषय हो र यसको सुरक्षाको लागि प्रशासनलाई निकै सजग र सर्तक हुनु निर्देशन समेत दिएको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु