सुकुम्बासीमाथीको दमन विरुद्ध देशभर जनप्रर्दशन

२०७३ श्रावण ६ गते, बिहीबार

काठमाडौ, ५ साउन । राज्यद्धारा देशभरका विभिन्न ठाउँहरुमा गरिएको सुकुम्बासी बस्तीमाथीको हस्तक्षेप र दमनको विरुद्धमा संघर्ष गर्दै आईरहेको विप्लव नेतृत्वको नेकपा माओवादीले आज देशभर जनप्रर्दशन सम्पन्न गरेको छ । माओवादीको केन्द्रिय घोषित कार्यक्रमअनुसार आज देशभर मुख्य शहरहरुमा सुकुम्बासीहरुको वाक्लो उपस्थितीमा जनप्रर्दशन गरेको हो । जनप्रर्दशन अगाडी सुकुम्बासी बस्तीबाट ¥याली सुरु गरेको माओवादीले प्रर्दशनपश्चात ठाउँठाउँमा कोणसभा गरेको थियो ।
यता लुम्बिनि अञ्चलका ६ जिल्लामा जनप्रर्दशन सम्पन्न भएको छ । रुपन्देहीको बुटवल, भैरहवा, देवदह लगायतमा, नवलपरासीको कावासोतीमा, कपिलवस्तुको तौलिहवा, जीतपूर, चन्द्रौटामा, गुल्मीको तम्घासमा, पाल्पाको तानसेनमा, अर्घाखाँचीको सन्धिखर्कमा जनप्रदर्शन सम्पन्न भएका हुन् ।
यस्तै यता नवलपरासीको कावासोतीमा सम्पन्न जनप्रर्दशनमा बोल्दै अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका केन्द्रिय अध्यक्ष सिद्धिमान खड्काले विनाविकल्प सरकारले मध्यरातमा पुगेर डोजर लगाउने आतंककारी काम गरेको भन्दै आफ्नो पार्टी र संगठन यसको विरुद्धमा अन्तिमसम्म लड्ने बताए । उनले बालबच्चा पाल्ने बालिनालि समेत नष्ट गरिएको भन्दै सुकुम्बासीको जीवनको ग्यारेन्टीसमेत सरकारले लिनुपर्ने दाबी गरे । जनप्रर्दशनलाई सम्बोधन गर्दै खड्काले भने यसरी राज्यले गरेको दमनका विरुद्ध सुकुम्बासीहरु अब बस्तीबस्तीबाट उठ्नुपर्ने र आन्दोलनमा जुट्नुपर्ने बेला आएको बताए । त्यस्तै कोणसभालाई सम्बोधन गर्दै नेकपा माओवादीका जिल्ला कार्यालय सदस्य शिवशंकर बस्यालले, राज्यले जनताको जीवनको ग्यारेन्टी लिन नसकेको भन्दै उनीहरुलाई मुक्ति दिने बेलामा झन दमन गरेकोमा घोर आपत्ती प्रकट गरे उनले बनमन्त्री, गृहमन्त्री हिजो उनीहरुकै लागी लड्ने भनरे उनीहरुलाई भोटको बैंक बनाएर आज नांगेझार पार्ने जस्तो अमानवीय क्रियाकलाप गरेकोप्रति माफी माग्दै उचित विकल्पसहित यसको दीर्घकालिन समाधान खोज्नुपर्ने बताए । नवलपरासीमा सुकुम्बासीहरुको बस्ती बाक्लो रहेपनि विगत केही समयदेखी पूर्जावाल जग्गाहरुको समेत पूर्जा अख्तियारले समात्ने र दुख दिने गरेको जनगुनासो रहेको छ । झण्डै आधा लाख भन्दा धेरै जनसंख्या अहिलेपनि सुकुम्बासी जग्गा भोगचलन गर्दै आईरहेको नवलपरासी जिल्लाका झण्डै ५ सयभन्दा धेरै सुकुम्बासीहरुले कार्यक्रममा सहभागीता जनाएका थिए । कावासोती नगरपालिकाको सभापति चोकदेखी सुरु भएको ¥यालीको नेतृत्व जिल्ला सेक्रेटरी पदम केसीले गरेका थिए भने कार्यक्रमको सञ्चालन अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका जिल्ला अध्यक्ष लक्ष्मण रानाभाटले गरेका थिए ।
असार २१ गते सर्लाही जिल्लाको ढुंग्रेखोला, धरहराका बासिन्दामाथी आक्रमणको शैलिमा प्रहरी प्रशासनले दमन गरेपछि देशभरका विभिन्न ठाउँका सुकुम्बासीहरुसमेत आतंकित बनेका छन्, विनाविकल्प विगत दुई दशकदेखी बस्दै आएका सुकुम्बासीलाई यसरी हटाउने भएपछि सुकुम्बासीहरु आन्दोलित भएका हुन् । नेकपा माओवादीले विकल्पसहित उचित व्यवस्थापन गर्नुपर्ने माग राख्दै नष्ट गरिएको बालीनाली तथा भौतिक संरचनाको उचित क्षतीपूर्ती, घाईते परिवारको उपचार, उचित विकल्प र व्यवस्थापनको माग राख्दै ९ गते व्यापक जुलुस प्रदर्शन र १० गते देशव्यापी रुपमा नेपाल बन्दको आव्हान गरेको छ । – शिव डुम्रे

प्रतिक्रियाहरु