इन्जिनियरलाई कालाेमाेसाे दलेकाे अाराेपमा पक्राउ परेका माअाेवादी नेता बिनासर्त रिहा

२०७३ श्रावण ४ गते, मंगलवार

काठमाडौं, ४ साउन । कर्णाली स्वराेजगार कार्यक्रमका इन्जिनियर जनक राेकायालाई कालाेमाेसाे दलेकाे अाराेपमा पक्राउ परेका नेकपा माअाेवादीका नेता कर्ण भण्डारी ‘बिराट’ रिहा भएका छन् । उनलाई असार १३ गते प्रहरीले गिरफ्तार गरेकाे थियाे । आज उनि रिहा भएपछि नेकपा माअाेवादी कालिकाेटले उनकाे सम्मानमा स्वागत कार्यक्रम अायाेजना गरेकाे छ । इन्जिनियर राेकायाले जिल्लाका विकास निर्माणका कार्यक्रममा व्यापक भ्रष्टाचार गरेकाे भन्दै नेकपा माअाेवादी कालिकाेटले कालाेमाेसाे दलेर कारवाही गरेकाे थियाे । कालिकाेटको सदरमुकाम मान्मामा अायाेजना गरिएकाे स्वागत कार्यक्रममा कालिकाेटका जनसरकार प्रमुख मनिलाल एेडी, जनस्यमसेवकका केन्द्रीय सदस्य अडिक बाेगटी, दलित मुक्ती मोर्चाका केन्द्रीय सदस्य पदम बिकलगायतका नेताहरुले भण्डारीकाे स्वागत गरेका थिए । पार्टीकाे भ्रष्टाचारविराेधी कार्यक्रम नराेकिने उनिहरुले बताएका थिए ।

प्रतिक्रियाहरु