सुकुम्बासी विस्थापित तथा दमन विषयक अन्तरक्र्रिया सम्पन्न

२०७३ श्रावण ३ गते, सोमबार

काठमाडौं, ३ साउन । राज्यद्धारा सागरनाथ सुकुम्बासी वस्ती विस्थापित तथा दमन विषयक अन्तक्र्रिया कार्यक्रम रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादीको घोषित केन्द्रिय कार्यक्रमअनुसार आज साउन ३ गते अन्तरक्र्रियात्मक कार्यक्रम देशैभरी गरिएको स्रोतले बताएको छ ।
यता रुपन्देही जिल्ला पार्टीले नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको सो अन्तरक्रियात्मक कार्यक्रम बोल्दै प्रमुख वक्ता पार्टी सेक्रेटरी शरद ओलीले सरकारले गरेको दमनकारी रवैयाको घोर निन्दा गरेका थिए । कार्यक्रममा बोल्दै उनले भने ‘हिजो काठमाडौं कब्जा गर्न जनसेनालाई आदेश दिने आजका प्रतिक्रियावादी सरकारका गृहमन्त्रीलाई हिजो तिनकै लागी लडेर आज फेरी सुकुम्बासीमा डोजर चलाउने निर्देशन दिने अधिकार कहाँबाट आयो ?’ उनले देशमा दुईवटा सत्ता र सरकार रहेको भन्दै सुकुम्बासीको विरुद्धमा लागेको र जसरी पनि सुकुम्बासीलाई लखेट्न आटेको प्रतिक्रियावादी सत्ताको विरुद्धमा जनसरकार लड्ने जिकिर गरे । त्यस्तै कार्यक्रममा नेकपा एमालेका प्रचारप्रमुख तेजेन्द्र केसी, नेपाली कांग्रेसका खिलराज रेग्मी, नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रिय सल्लाहकार भुलबहादुर सुनारी, माक्र्सवादी विचार मञ्चका विनबहादुर कुँवर, माक्र्सवादी अध्ययन केन्द्रका आरसी चापागाई, नेकपा माओवादीका सल्लाहकार ज्योतीलाल वि.क., बरिष्ठ पत्रकार बालकृष्ण चापागाई , मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रिय सचिव गोविन्द खनाल, नेपाल पत्रकार महासंघका शेरबहादुर केसी लगायतले बोल्दै राज्यले नागरिकलाई न्याय तथा समानता दिन सक्नुपर्ने तर यो राज्यले यसको उल्टो गरेर सुकुम्बासीहरुलाई अन्याय गरेको भन्दै विरोध सहित उचित विकल्प र न्यायसंगत ढंगले उचित व्यवस्थापन गरी सुकुम्बासीको समस्या दीर्घकालिन ढंगले हल गर्नुपर्नेमा जोड दिए । अधिकांश वक्ताहरुले सुकुम्बासी समस्या सर्लाहीको सागरनाथको मात्र नभई पूर्व मेची देखी पश्चिम महाकालि सम्म रहेको भन्दै यसको विषयमा अन्तक्र्रिया एवंम आवाज उठाएकोमा नेकपा माओवादीलाई धन्यवाद दिदैं शान्तिपूर्ण आन्दोलनमा ऐक्यबद्धता रहनेसमेत प्रतिबद्धता व्यक्त गरेको थिए । कार्यक्रमको सञ्चालन जिल्ला कार्यलय सदस्य अमर आरसीले गरेका थिए भने स्वागत मन्तव्य जनपरिषद्का प्रमुख शिशिर जिसीले राखेका थिए । कार्यक्रम जिल्ला कार्यालय सदस्य विश्वास भट्राईको सभापतित्वमा सम्पन्न भएको थियो ।
असार २१ गते सर्लाहीको सागरनाथमा रहेको सुकुम्बासी बस्तीमा राज्यले एक्कासी डोजर लगाउँदै प्रहरी प्रशासनहसहित गोली एवंम अश्रुग्यास चलाउँदा बालीनालीसहित ५ दर्जनभन्दा धेरै घरहरुमा डोजर लगाएर बालिनाली नष्ट गर्दै झण्डै ६० जना घाईते र ५ जना गम्भीर घाईते भएका थिए । झण्डै २०५० सालदेखी भोगचलन गर्दै आईरहेको जग्गाजमीनमा राज्यले यसरी विनाविकल्प र विना जानकारी आतंककारी शैलीमा आक्रमण गर्दा जनताहरु आतंकित भएका थिए । सोको विरोधमा विप्लव नेतृत्वको नेकपा माओवादीले सुरुदेखी नै विरोध गर्दै विभिन्न संघर्षका कार्यक्रमहरु गर्दै आएको छ । संघर्षमा ५ गते देशैभरका सुकुम्बासी वस्तीहरुमा पुगी भेटघाट, जागरण तथा विरोध कार्यक्रम गर्ने र १० गते नेपालबन्द गर्ने पूर्वघोषित कार्यक्रमहरु रहेका छन् । – शिव डुम्रे

प्रतिक्रियाहरु