धनकुटामा माओवादीमा प्रवेश गर्नेको ओइरो

२०७३ श्रावण ३ गते, सोमबार

काठमाडौं, ३ साउन । धनकुटामा नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा माओवादीमा प्रवेश गर्ने लहर चलेको छ । धनकुटामा नेकपा माओवादी केन्द्रका बिष्णु राई , दुर्गा बिक , सरिता तामाङ्ग , बाबुराम खनाल , दिपक राई, प्रित भुजेललगायत दर्जनौ जिल्लास्तरीय एब स्थानिय माओवादी केन्द्रका नेता तथा कार्यकर्ता माओवादी केन्द्र परित्याग गरी नेकपा माओवादीमा प्रवेश गरेका छन । उनीहरुलाई नेकपा माओवादीका जिल्ला सेक्रेटरी आकाश शर्माले एक कायक्रमका बीच नेकपा माओवादीमा प्रवेश गराएका हुन् । देशलाई बर्तमान संकटवाट नेकपा माओवादीले मात्र पार लागाउन सक्ने भएकोले आफुहरु नेकपा माओवादीमा प्रवेश गरेको नब प्रवेशीहरुले बताएका छन ।

प्रतिक्रियाहरु