संसदीय ब्यवस्थाको बेथिति सत्ताको लुछाचुडी – भोला घिमिरे

२०७३ श्रावण २ गते, आईतवार

संसदीय ब्यवस्थाले देशलाइ कहिले माथी लैजान दिदैन भन्ने कुराको महुसुस फेरि एकपटक ओलि सरकार गिराउन दौडधुप गरिरहेका देश कै ठूलो दल र तेस्रो दल माओवादी केन्द्रले देखाएको हर्कतले प्रस्ट हुन्छ । हुन त संसदीय ब्यवस्थाले दिएको अधिकार यिनिहरुले प्रयोग गरे होलान त्यो संसदीय जोडघटाउबाट सत्ता लुछाचुडीको लडाइले यिनिहरुलाई फाइदा त होला तर नेपाली जनतालाई दिन प्रतिदिन पछाडी धकेल्दै लैजाने छ । यसो भन्दा ओलिलाई समर्थन गर्यो या काङ्ग्रेस माओबादीको बिरोध भनेर कसैले नबुझिदिनु होला । मैले केबल यहाँ ब्यवस्थाको बिरोध गरेको छु । यहि ब्यवस्थालाई हतियार बनाएर भारतिय बिस्तारबाद र अमेरिकी साम्राज्यवादले दिनानुदिन नेपालीको स्वाभिमानलाई गिराउन घुडाधसेर लागेका छन । भारतिय बिस्तारबाद नेपाललाई सधै आफ्नो उपनिबेस बनाएर नेपाल र नेपाली जनतालाइ बलत्कार गरिरहन चाहान्छ । पहिलो संविधानसभा निर्वाचन पछाडी माओबादी नेतृत्वको सरकारलाई च्याखे थापेर पल्टाउन धेरै कोसिस भए पनि भारतिय इसारामा चल्ने तत्कालीन एमालेले जननिर्वाचित प्रधानमन्त्री प्रचण्डले सेना प्रमुख रुकमाङत कटुवाललाई गरिएको कारबाहीलाई अबमुल्यन गर्दै माओबादी विरुद्धमा उभिएर आफ्नो छविलाई त्यही नाङ्गो बनाएको सबैलाइ थाहा नै छ । त्यति मात्र होइन हरेक सरकारको पछाडी भारतिय छाया समर्थन र हस्तक्षेप रहेकै हुन्छ भनेर हामिले कहिले भुल्नु हुदैन । राजनीतिक दलको विभिन्न समझौता माथी गरेका बेइमानीबाट फाइदा उठाउदै भारतिय बिस्तारबाद र अमेरिकी साम्राज्यवाद ले नेपाललाई सदैब आफ्नो मुठीमा राखिरहेको छ । अहिलेका प्रधानमन्त्री केपि ओलि पनि भारतिय बिस्तारबादबाट स्वाचालित भारतिय हतियार नै हुन । कुरा यति मात्र फरक हो, अगाडि जुनै सरकार आए पनि भारतिय सरकारसग झुकेर बस्थे । भारतिय सरकारका बिपक्षीहरुले निरन्तर नेपाली राजनीतिलाई व्यंग्यबाण हानिरहेका हुन्थे हामिले यसलाइ देख्न सकेका थिएनौ । ओलिको सबालमा पनि यहि हो । संविधान जारी पछि मोदि खुसी थिएनन तर मोदिलाई पत्तासाफ गर्ने योजना बनाउदै गरेको भारतिय काङ्ग्रेस पार्टीले नेपालका राजनीतिक दललाई हतियार बनाएको हो भनेर हामिले बुझ्न जरुरत छ। जब मोदिले संविधान मानेनन् , त्यही बखत भारतिय काङ्ग्रेस पार्टीले किन बधाइ र दिदै नेपालको संविधान स्वीकार गर्यो त । कुरोको चुरो र ओलिको खोक्रो रास्ट्रबादको नाङ्गो नाच हेर्नलाई यहा घोइरिएर सोच्न जरुरत छ। ओलि र मोदिको टक्कर हो सम्पुर्ण भारतिय बिस्तारबादसग होइन। महाकाली बेच्दा पनि भाजपासग होइन काङ्ग्रेससग सम्झौता गर्दै महाकाली बेचेको इतिहासलाई हामी किन भुल्छौ ? नेपालमा प्रधानमन्त्री चाहे ओलि बनुन चाहे प्रचण्ड या देउवा त्यसमा हामीलाई कुनै टाउको दुखाइ होइन । तर प्रत्यक्ष या अप्रत्यक्ष रुपमा भारतिय दलाल बनेर गरिने रास्ट्रघाती सम्झौताहरु गरिनु भएन भन्ने नै हो। तर यहाँ करायो करायो पाठ सोर दुना आठ भने जस्तै भएको छ र हुन्छ । रास्ट्बादी ओलिले अप्पर कर्णाली पनि उहीँ भारतलाई बेचे अनि सरकारको नेतृत्व काङ्ग्रेसले गरे पनि दोस्रो नम्बरमा रहेको एमाले यसमा बिरोध गर्नुपर्ने हो कि होइन । सबै बुझेर पनि बुझपचाउदै आफू मात्र सच्चा हु भन्ने अहंकारलाई ओलिले छोड्न जरुरत छ । राज्यको ब्यवस्थाले निम्त्याएका यस्ता समस्यालाई हल गर्ने अब एउटा मात्र बिकल्प छ । नेपालमा जबसम्म स्थिर सरकार रहदैन तबसम्म नेपाललाई भारतिय बिस्तारबाद आफ्नो पकडमा राखिरहने छ भनेर ४७ साल यताको २६ बर्स लाई नियाले पुग्छ । ४७ साल यता परिवर्तन भएका २४ सरकारहरु भारतिय डिजाइन मै ढालिएका छन र भारतिय डिजाइन मै बनाइएका छन । ससदीय ब्यवस्थाले नेपाललाई भारतिय भारतिय नोक्कर बनायो अब यो ब्यवस्थालाई परिवर्तन गर्दै सम्सदबादलाई नेपालबाट उखेलेर फाल्नु जरुरत छ। तर यो सबै अहिलेका शासक ओलि प्रचण्ड या देउबाले स्विकार्ने अवस्था देखिदैन , त्यसको लागि एउटा क्रान्तिको आवस्यकता देखिन्छ । आउ सबै एकीकृत जनक्रान्ती मार्फत नेपालमा रहेको संसदीय दलाल ब्यवस्थालाई सदाको लागि मिल्काउ। सम्सदिय ब्यवस्था विरुद्धको क्रान्ती नेकपा माओबादीले गर्दै छ । अब सच्चा रास्ट्रबादी शक्तिहरु यो अभियानमा लाग्नु जरुरत देखिन्छ। सम्सदिय ब्यवस्थाको अन्त्य आजको आवस्यकता हो। परिवर्तन गर्नुछ भने सम्सदिय ब्यवस्थाबाट अल्पमतमा पेरेको सरकारलाई समर्थन होइन यो ब्यवस्थाको विरुद्धमा रहेर निरन्तर क्रान्ती मै रहेको नेकपा माओबादीलाई साथ दिएर संसदीय ब्यवस्थालाई ध्वस्त बनाउ ।

प्रतिक्रियाहरु