डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन

२०७३ श्रावण १ गते, शनिबार

काठमाडौं, १ साउन । अनशनरत् प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा आज र राजधानीमा प्रदर्शन भएको छ । चिकित्सा शिक्षा र चिकित्सा सेवामा रहेको अनियमितताकाविरुद्धमा गएको हप्तादेखि डा. केसीको अनशनमा बसेका छन । डा. केसीको मागमा समर्थन र सांसदहरुलाई दबाब दिने उद्देश्यले स्वतन्त्ररुपमा नागरिक प्रदर्शनी भएको हो ।
माइतीघरमन्डलाबाट सुरु भएको र्‍याली नयाँ बानेश्वरसम्म पुगेको थियो । प्रदर्शनमा सहभागी हुन सामाजिक सन्जालमार्फत् अभियान सुरु गरिएको थियो । प्रदर्शनमा सहभागीहरुले केसीको पक्षमा लेखिएका विभिन्न नारासहितका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु