हेपाटाइटिस ‘बी’ को भाइरल परीक्षण नेपालमै

२०७३ असार २९ गते, बुधबार

काठमाडौँ ,२९ असार । हेपाटाइटिस ‘बी’ को भाइरल लोड परीक्षण अर्थात् रगतमा जीवाणुको मात्रा कति छ भनेर थाहा पाउने परीक्षण अब नेपालमै हुने भएको छ । नेपालको एकमात्र केन्द्रीय प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा हेपाटाइटिस ‘बी’ को ‘एबिभी’को भाइरल लोड परीक्षण हुने प्रविधिको सफल परीक्षण भइसकेको प्रयोगशालाका माइक्रो बायोलोष्टि सुन्दर खड्काले बताए ।
यसअघि यो जाँचका लागि भारतको भरपर्नुपथ्र्यो । खड्काले भने , “पहिले एचआइभी र हेपाटाइटिस ‘सी’ को मात्र भाइरल लोड मात्र परीक्षण हुने गर्दथ्यो भने अब हेपाटाइटिस ‘बी’को पनि भाइरल लोड परीक्षण गर्न हामीले दक्ष जनशक्ति र प्रविधि उत्पादन गरिसकेका छौँ । त्यसका लागि बाहिरी देश जानुपर्ने बाध्यता टरेको छ ।” उनकाअनुसार सामान्यत रगतमा जीवाणुको मात्रा जति कम भयो उति राम्रो मानिन्छ यो जाँचबाट बिरामीको अवस्था, औषधिले काम गरेको छ छैन भनेर पत्ता लगाई थप उपचार गर्न सहयोग पुग्छ ।
विश्व स्वास्थ्य सङ्गठनबाट प्रमाणित पूर्ण स्वचालित मेसिनको सहायताले दक्ष जनशक्तिबाट उक्त जाँच भइरहेको उनले बताए । – रासस

प्रतिक्रियाहरु