विस्थापित शिक्षकको पुनःबहाली हुने

२०७३ असार २३ गते, बिहीबार

काठमाडौ, २३ असार । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले राजनीतिक आधारमा कारवाही गरिएका र द्वन्द्वका क्रममा पेशाबाट विस्थापित भएका विद्यालय तहका शिक्षक–कर्मचारीहरूलाई पुनःबहाली गर्न प्रक्रिया अघि बढाएको बताएका छन ।
२०४६ सालअघि तत्कालिन व्यवस्थाले कार्वाही गरेका शिक्षक–कर्मचारी, ०५२ पछिको माओवादी सशस्त्र संघर्षका क्रममा विस्थापित भएका र मधेस आन्दोलनका क्रममा विस्थापित भएका शिक्षकहरुलाई पुनःबहालीको प्रक्रिया अघि बढाउन लागिएको शिक्षामन्त्री पोखरेलले बताए ।
पारित कानुन अनुसार ०५२ देखि ०६३ सम्मको द्वन्द्व र त्यसपछिका आन्दोलनका क्रममा विस्थापितहरूलाई समेत जाँचबुझ समितिले पुनस्स्थापनाका लागि सिफारिस गर्न सक्ने ऐनमा व्यवस्था गरिएको छ ।

प्रतिक्रियाहरु