अन्तर्राष्ट्रिय योग दिवस मनाईंदै

२०७३ असार ७ गते, मंगलवार

काठमाडौं, ७ असार । संयुक्त राष्ट्रसंघको आह्वानमा गत वर्षको जुन २१ का दिनदेखि संसारभर योग मनाउन थालिएको अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाईदैछ । राष्ट्र संघले एकता र शक्तिको सन्देश दिन यो दिवस मनाउन थालेको जनाएको छ । नेपालमा काठमाडौंको नारायणहीटी दरबारको दक्षिण दरबारमार्ग क्षेत्रमा अहिले विहान ७ बजेदेखि सामूहिक योगका लागि हजारौं मानिस एक साथ जुट्दै छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त कार्यक्रममा योगाभ्यास गर्न समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरु एक साथ जुट्ने छन् ।
नेपाललाई विश्वसामु अध्यात्म र योग भूमिको रुपमा चिनाउन विश्व योग दिवस मनाउन लागिएको यस कार्यक्रममा संलग्न संस्थाहरुले जनाएका छन् ।
११ डिसेम्बर, २०१४ मा भारतको नेतृत्वमा सुरुवात गरिएको योगलाई संयुक्त राष्ट्र संघको साधारण सभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा स्विकारेकाले २१ जुनलाई विश्वव्यापी रुपमा योग दिवसको रुपमा मनाउन थालिएको हो ।

प्रतिक्रियाहरु