नेपाल संयुक्त राष्ट्रसंघ महासभाको उपाध्यक्षमा निर्वाचित

२०७३ असार १ गते, बुधबार

काठमाडौं, १ असार । नेपाल संयुक्त राष्ट्रसंघ महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ । महासभाको मंगलवार भएको ७१ औ सेसनले नेपाललाई एसिया प्यासफिक क्षेत्रबाट उपाध्यक्ष निर्वाचित गरेको हो । यस क्षेत्रमा चार उपाध्यक्ष रहेका छन् । सन् १९५५मा राष्ट्रसंघको सदस्यता प्राप्त गरेपछि नेपाल महासभाको उपाध्यक्ष पहिलोपटक निर्वाचित भएको हो ।
यस अघि नेपाल सन् १९६९ र १९८८ मा दुई पटक राष्ट्रसंघीय सुरक्षा परिषदको अस्थायी सदस्यमा निर्वाचित भएको थियो । उपाध्यक्षका रुपमा नेपालले यसै बर्ष १३ सेप्टेम्बरदेखि सुरु हुने राष्ट्रसंघीय महासभाको उच्चसमितिको नेतृत्व गर्ने छ । सन् २००९ मा नेपालले डा. कुलचन्द्र गौतमलाई राष्ट्रसंघीय महासभाको अध्यक्ष उम्मेदवार बनाए पनि विजय हासिल गर्न सकेको थिएन । नेपालका लागि महासभाको उपाध्यक्ष महत्वपूर्ण जिम्मेवारी भएको छ ।

प्रतिक्रियाहरु