मुसलमानबिनाको अमेरिका चाहन्नौं : ओबामा

२०७३ असार १ गते, बुधबार

काठमाडौं, १ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको अमेरिकामा मुसलमान समुदायको प्रवेशमा रोक लगाउनुपर्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । ओबामाले डोनाल्ड ट्रम्पले अमेरिकमा मुस्लिमको प्रवेशका रोक लगाउन गरेको मागअनुसारको अमेरिक आफूहरुले नचाहेको बताए । ओबामाले मुस्लिम र अमेरिकीबीच फरकफरक व्यवहार गर्दा पश्चिम र मुस्लिम जगतबीच दूरी बढ्ने र त्यसबाट देशको सुरक्षामा धक्का पुग्ने बताए । सोमबार डोनाल्ड ट्रम्पले अमेरिकाविरुद्ध आतंकवादको इतिहास रहेका सबै मुलुकबाट आउने नागरिकमाथि रोक लगाउन माग गरेका थिए ।
ट्रम्पले ओरल्याण्डो नाइट क्लवमा भएको आक्रमणले यसप्रकारको कारबाहीको माग गरेको दावी गरेका थिए । न्युहैम्पशायरमा ट्रम्पले अमेरिकी आप्रवासन प्रणाली बेकार रहेको भन्दै त्यसैका कारण ओरल्याण्डोमा आक्रमण गर्ने आक्रमणकारीको परिवार अफगानिस्तानबाट अमेरिका आउने अनुमति पाएको बताएका थिए ।
यसैसाता अफगान मूलका अमेरिकी नागरिक मतीनले गे नाइट क्लवमा अन्धाधुन्ध गोली चलाउँदा ५० जनाको मृत्यु भएको थियो ।
ओबामाले भने आतंकवादी आक्रमण गर्ने व्यक्ति अमेरिकामै ट्रम्प जसरी नै जन्मिएको बताएका थिए । उनले ट्रम्पको कट्टर इस्लामी आतंकवाद शब्द प्रयोग नगरेको पद छोडन दिएको सुझावसमेत अस्वीकार गरेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु