नाइट क्लवमा गोली हानाहान

२०७३ जेष्ठ ३० गते, आईतवार

काठमाडाैं , ३० जेठ । अमेरिकी राज्य फ्लोरिडाको आरल्याण्डो सहरस्थित एउटा नाइट क्लवमा गोली हानाहान भएको छ। आक्रमणकारीले केहीलाई बन्धक बनाएको बीबीसीले जनाएको छ। घटना पुरुष समलैगिकको एउटा क्लव पल्समा भएको हो ।
घटनाको भिडियोसमेत सामाजिक संजालमा शेयर गरिएको छ । जसमा घाइतेहरु देखाइएको छ । आधिकारिक रुपमा भने घटनाबारे कुनै विवरण सार्वजनिक भइसकेको छैन । स्थानीय एक जना टेलिभिजन पत्रकारले ट्वीट गर्दै घटनामा २० जना घाइते भएको उल्लेख गरेका छन् ।
आक्रमणबारी अझै पनि घटनास्थलमै रहेको स्रोतहरुले जनाएका छन् । आक्रमणकारीले केहीलाई बन्धक बनाएको आशंका गरिएको छ । आक्रमणकारीसँग बमसमेत रहेको आशंका गरिएको छ।
सामाजिक संजालमा देखिएका तस्वीरमा घटनास्थलमा एम्बुलेन्ससमेत देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । आक्रमणमा आतंककारी संलग्नता रहेको हुन सक्ने आशंकासमेत गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु