सयौ चरमपन्थी प्रहरी हिरासतमा

२०७३ जेष्ठ २९ गते, शनिबार

काठमाडौं, २९ जेठ । बंगलादेशमा पछिल्लो केही बर्षहरुमा धर्म निरपेक्षतावादी ब्लगर, अल्पसंख्यक र शिक्षकहरुको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले सयौलाई हिरासतमा लिएको छ । करिब ९ सय चरमपन्थीहरुलाई हिरासतमा लिएको प्रहरीले चरमपन्थीहरुले मुस्लिमहरुलाई अपमान गरेको आरोप लगाएको छ । पछिल्लो समयमा ४० भन्दा बढीको हत्या भएपछि प्रहरीले चरमपन्थीविरुद्ध कडा नीति अबलम्बन गरेको हो ।
इस्लामी चरमपन्थीहरुले भिन्न पृष्ठभूमी भएका मानिसहरुको शृङखलाबद्ध रुपमा हत्या हुँदै आएको छ । यसरी हत्या गरिएकाहरुमा धर्मनिरपेक्षवादी ब्लगर, शिक्षाविद, समलैंगिक अधिकार कार्यकर्ता, शिया, सुफी, अहमदी मुसलमान, इसाई, हिन्दूलगायतका अल्पसंख्यक रहेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु