बाँदरको कारण सिंगो देश अन्धकार

२०७३ जेष्ठ २६ गते, बुधबार

काठमाडौँ, २६ जेठ । केन्यमा एउटा बाँदरले सिंगै देश अन्धकार बनाइदिएको छ । अफ्रिकी मुलुक केन्यमा बिजुली उपलव्ध गराउने कम्पनी केनजेनले एउटा वक्तव्यमार्फत यो जानकारी दिएको हो । वक्तव्यका अनुसार बाँदर मंगलबार गिटारुस्थित हाइड्रो पावर स्टेशनको ट्रान्सफरमरमा खसेको थियो । सोही कारण ट्रान्सफरमरले काम गर्न छाडेपछि देश अन्धनकारमय बनेको हो । बाँदर खसेकै कारण हाइड्रो पावरबाट १८० मेगावाट विद्युत वितरण अवरुद्ध भएपनि देश आन्कार बनेको हो ।
कम्पनीले दिएको जानकारी अनुसार विद्युत आपुर्ति सहज बनाउन करिब ४ घण्टा लागेको थियो । घटनामा बाँदरलाई भने कुनै हानी नपुगेको बताइएको छ। घटनापछि बाँदरलाई केन्यको वाइल्ड लाइफ सर्भिसका कर्मचारीहरुले लिएर गएका छन् ।
कम्पनीले केनजेनको प्रतिष्ठित बिजुलीलाई तारको बाड बनाएर सुरक्षित गरेको छ। जसका कारण जंगली जनावरको आक्रमणबाट बचाउने काम गर्दछ ।
कम्पनीले घटनाप्रति माफी माग्दै सबै विद्युत उत्पादनगृहको सुरक्षा बढाउने सोच बनाइरहेको जनाएको छ। – एजेन्सी

प्रतिक्रियाहरु