फोहोरमैला व्यवस्थापन निजीक्षेत्रलाई

२०७३ जेष्ठ २६ गते, बुधबार

काठमाडौँ, २६ जेठ । काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिङ तामाङले महानगरभित्रको फोहोरमैलाको व्यवस्थापन गर्ने जिम्मा अब निजीक्षेत्रलाई दिने गरी तयारी गरेको बताएका छन । महानगरपालिकाले अहिलेसम्म महानगर क्षेत्रको फोहोरमैला आफैले व्यवस्थापन गर्दै आएको र यस क्रममा थुप्रै समस्या झेल्नुपरेको भन्दै यसको दीर्घकालीन समाधान गर्ने गरी फोहोर व्यवस्थापनको जिम्मा निजीक्षेत्रलाई दिने तयारी गरेकोउनको भनाइ छ । कार्यकारी अधिकृत तामाङले फोहोरमैला व्यवस्थापनको दिगो समाधान गर्ने विषयमा यससँग सरोकार राख्नेहरू सकारात्मक भएको भन्दै फोहोर व्यवस्थापनबाट राजस्व पनि प्राप्त गर्ने गरी निजी क्षेत्रलाई दिने तयारी गरेको बताए । महानगरले फोहोरमैला व्यवस्थापनमा निजीक्षेत्रको सीप, स्रोत र प्रविधिको उपयोग गर्ने गरी २०६६ पुसमा निजीक्षेत्रको सहभागिताका लागि आशयपत्र माग गरेको भए पनि यसबीचमा उक्त कार्य अगाडि बढ्न सकेको थिएन ।
महानगरपालिका अनुसार हाल महानगरको फोहोर सङ्कलन गरेर ल्यान्डफिल साइटमा पु-याएर थुप्रार्न मात्रै एक हजार एक सय कर्मचारी खटिएका छन् । –

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु