रोकिएन गैरकानुनी क्रसर उद्योगको दादागिरी

२०७३ जेष्ठ ११ गते, मंगलवार

काठमाडौ, ११ जेठ । सिन्धुली, धनुषा, महोतरी र सर्लाहीको सिमा क्षेत्र चुरे भावर र त्यस आसपासमा गैरकानुनी रुपमा सञ्चालित क्रसर उद्योगले वातावरणीय समस्या सिर्जना भएको छ । क्रसर उद्योगले मनपरी ढंगले कमला, रातु, जलादलगायतका नदीबाट उत्खनन् गरिरहेकाले भूक्षय र वातावरणीय समस्या उत्पन्न गराएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारले चुरे पहाड र भाव क्षेत्रमा सञ्चालित गैरकानुनी क्रसर उद्योग बन्द गराउने निर्णय गरे पनि त्यस्ता उद्योग अझै सञ्चालनमा रहेका छन् । नदी किनारामा जथाभावी रुपमा ढुंगा, वालुवा, रोडा उत्खनन् गरिंदा चुरे पहाड कमजोर भएको र उचाइसमेत घट्दै जाँदा वातावरणीय समस्या उत्पन्न भएको सरोकारवालाहरुको भनाइ छ ।
त्यसैगरी नदीको सतह घट्दा सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगाएतका जिल्लाका लाखौं हेक्टर खेतीयोग्य जमिन सिंचाईको अभावले वगरमा परिणत भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु