ज्वेलरी एक्स्पो जारी

२०७३ जेष्ठ ९ गते, आईतवार

काठमाडौं, ९ जेठ । नेपाली गरगहनाको मौलिक एवं साँस्कृतिक पक्षबारे राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा जानकारी गराउने उद्देश्यले जेठ ७ देखि राजधानीमा सुरु भएको जेम एन्ड ज्वेलरी एक्स्पो आज सम्पन्न भएको छ । डाइरेक्शन नेपालको व्यवस्थापनमा नेपाल रत्न तथा आभूषण सघंको आयोजनामा राजधानीको याक एण्ड यतीमा सो एक्स्पो भएको हो । एक्स्पोमा ५३ स्वदेशी र ६ ओटा विदेशीसहित ५९ ओटा स्टल रहेका थिए । मेला गत वर्ष नै गर्ने तय भएपनि प्राकृतिक विपत्ति र अन्य प्रतिकूलताले तत्कालीन अवस्थामा मेला सन्चालन गर्न नसकिएको र अहिले गरिएको आयोजकले जनाएको छ ।
एक्स्पोमा न्यूनतम ८ र १० हजार रुपैयाँदेखि २० लाख रुपैयाँसम्मका गहनाहरु प्रर्दशनीमा राखिएको छ । एक्स्पोमा गहनामात्र होइन, सुनचाँदीको टोपी, सुन लेपन गरिएको घडी लगायतका वस्तुहरु पनि देख्न पाईन्छ ।
एक्स्पोमा गरगहनाहरु बिक्री गर्ने भन्दा पनि आफ्नो ब्रान्ड पहिचान गराउन र प्रवद्र्धन गर्ने काम भएको आयोजकको भनाई छ । एक्सपोमा बराह ज्लेवरीको स्टलमा मात्रै ६० वटा भन्दा गरगहनाको अर्डर प्राप्त भएको बराह ज्वेलरीका प्रशासन अधिकृत पावेल उदासले बताएका छन् ।
बराहले ३० वर्ष पुरानो धातुको तिल्लरी राखेको र अवलोकन कर्ताहरुले यसलाई बिशेष रुची दिएको उदासको भनाई छ । बलिउड फिल्म आशिकीका हिरो राहुलकी श्रीमतिले समेत बराहमा गहना किनेकी थिईन् । यसै गरी भारतबाट मात्रै आउने गरेको नेक्लेस लगायतका गहना नेपालमा पनि बनाउन सकिने भन्दै बराहले अन्य पसलका लागि समेत थोक विक्रेताको रुपमा काम गर्ने समेत उदासले बताए ।
यस्तै चादीको आकर्षक टोपीहरु प्रदर्शनमा राखेको सुनचादी गृह पनि अवलोकन कर्ताहरुको आकर्षणको केन्द्र बनेको छ । यस गृहका प्रोपाईटर सूर्य कुमार बरालले आफ्नै सिर्जनामा यो टोपी तयार पारेको भन्दै यो टोपीको मुल्य ७० हजार रहेको बताए । यसमा ९८ प्रतिशत चॉदी र २ प्रतिशत अन्य धात’ मिसाईएको उनले बताए । यो टोपीमा नेपालको नक्सा, राष्ट्रिय चिन्हहरु र लोगो जडान गरिएको छ । साथै बरालले यसलाई पाईरेसी गर्न नदिन भन्दै निवेदन समेत आयोजकलाई दिएका छन् ।
सोमबार गहनाको पहिरन सहितको मोडलिङ सगै एक्सपो सकिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु